Logo

यूएमको शिक्षकरत्न योजना, वाइक खरिदमा १५ हजार नगद छुट

यूएमको शिक्षकरत्न योजना, वाइक खरिदमा १५ हजार नगद छुट


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । यूएम वाइकले शिक्षकरत्न अफर सञ्चालनमा ल्याएको छ । युएम बाइकको नेपालका लागि आधिकारीक विक्रेता आइएमइ समूहले सो योजना सञ्चालन गरेको हो ।

शिक्षक समुदायलाई लक्षित गरेर ल्याइएको योजनामा यूएमका १ सय २५ सिसी पावरम्याक्स स्कुटर,निट्रोक्स र रेनेगाडको खरिदमा १० हजार देखि १५ हजारसम्म क्यास व्याक हुन सक्नेछ ।

योजना भदौ १ गतेदेखि कात्तिक अन्तिमसम्म लागु हुने बताइएको छ । कम्पनीका डिभिजन हेड उज्जल जोशीका अनुसार यूएम अमेरिकन लिडिङ व्राण्ड हो, जसको ३० मुलुकमा १ हजार ३ सय आउटलेट छन् ।

प्रतिक्रिया दिनुहोस्