Logo

बाजेको सेकुवाको नयाँ शाखा गोंगबुमा, बुधवारदेखि सञ्चालन

बाजेको सेकुवाको नयाँ शाखा गोंगबुमा, बुधवारदेखि सञ्चालन


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । बाजेको सेकुवाले गोंगबुमा आफ्नो नयाँ फ्रेन्चाइजि संचालन गरेको छ । यससँगै बाजेको सेकुवा पारखीहरुले गोंगबुमा पनि यसका विभिन्न खानाहरुको स्वाद लिन सक्नेछन् । गोंगबु शाखा उपत्यकाको चौँथो फ्रेन्चाइजि हो ।

बाजेको सेकुवाको हाल ६ ओटा फ्रेन्चाइज संचालनमा छन् । त्यस्तै पूर्ण स्वामितमा संचालित ५ शाखासहित बाजेको सेकुवाका १० ओटा शाखा छन् ।

 

IMG_20160907_125932बाजेको सेकुवाको फ्रेन्चाइज बाजेको भेन्चर नामक कम्पनीको व्यवस्थापन अन्तर्गत संचालन हुन्छन् । नेपाली घरेलु कम्पनीले फ्रन्चाइज मोडलमा देशभरी शाखा विस्तर गरेको पहिलो भएको कम्पनीका अध्यक्ष चेतन भण्डारीले बताए ।

नयाँ फ्रान्चाइजमा नितेशध्वज कार्की र प्रशान्त गिरीको स्वामित्व रहेको छ । बाजेको भेन्चरका कार्यकारी निर्देशक सुशिल खड्काले बाजेको सेकुवाको मौलिक खाना र सेवाको स्ट्याण्डर्ड अपरेटिङ विधि तथा गुणस्तर, स्वच्छता र एकरुपताका मापकहरुको प्रयोगले आगामी दिनमा बाजेको सेकुवाको फ्रान्चाइज विस्तार अझ सहज हुने बताए ।

प्रतिक्रिया दिनुहोस्