Logo

नेप्से परिसुचक र कारोवार दुवै ओरालो लाग्यो, किन घट्दैछ बैंकिङ समुह?

नेप्से परिसुचक र कारोवार दुवै ओरालो लाग्यो, किन घट्दैछ बैंकिङ समुह?


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । मंगलवार नेप्से परिसुचक ४ दशमलव १० अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १ हजार ८ सय ३४ दशमलव ८० अंकमा झरेर बन्द भएको हो । केही समय यता बढिरहेको बैंकिङ समुहको परिसुचक आज ओरालो लागेको छ ।

मंगलवार सेयर बजारमा सवैभन्दा बढी प्रभाव रहेको बैंकिङ समुह ओरालो लाग्दा समग्र सेयर बजारमा नकारात्मक प्रभाव परेको हो । पछिल्लो समय बैंकहरुले उच्च बोनस तथा हकप्रद जारी गरिरहदाँ सो समुहको परिसुचक भने ओरालो लागेको हो । उच्च प्रतिफल घोषणा गरिरहँदा बैंकिङ समुहको परिसुचक घट्नुको अर्थ नरहेको सम्वद्ध लगानीकर्ताहरु बताउँछन् ।

सो दिन होटल समुहको परिसुचक सवैभन्दा बढी ७८ दशमलव ९३ अंकले ओरालो लागेको छ । त्यस्तै बीमा समुह ४७ दशमलव ४२, उत्पादन १५ दशमलव ८२ र विकास बैंक ३ दशमलव ५५ अंकले ओरालो लागेको छ । यसैगरी सेयर बजारमा बढी प्रभाव रहेको बैंकिङ समुहको २ दशमलव ४२ र अन्य समुहको २ दशमलव ३२ अंकले घटेको छ । यता जलविद्युत र फाइनान्स समुहको परिसुचक क्रमशः १६ दशमलव ४४ र २ दशमलव २६ अंकले उकालो लागेको छ ।

मंगलवार सनराइज बैंक लिमिटेडको १५ करोड ६ लाख बराबरको कारोवार भएको छ । त्यस्तै नेपाल बंगलादेश बैंकको १२ करोड ७१ लाख र एभरेष्ट बैंक लिमिटेडको १० करोड ६३ लाखको कारोवार भएको छ । मंगलवार कारोवारमा आएका १ सय ४१ कम्पनीको २२ लाख ६० हजार कित्ता सेयरबाट १ अर्व ८१ करोडको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्