Logo

बैंकिङ समुह उकालो लाग्दा १४ अंकले बढ्यो बजार, ३ कम्पनीको झण्डै ६० करोडको कारोवार

बैंकिङ समुह उकालो लाग्दा १४ अंकले बढ्यो बजार, ३ कम्पनीको झण्डै ६० करोडको कारोवार


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । बजार खुलेदेखि उकालो लाग्न शुरु गरेको नेप्से परिसुचक अन्तमा १४ दशमलव ६५ अंकले बढेको छ । बैंकिङ समुहको परिसुचक बढेसँगै उकालो लागेको नेप्से परिसुचक अन्तमा १ हजार ८ सय १९ अंकमा पुगेर अडिएको छ ।

आइतबार बजारमा बढी प्रभाव पार्ने बैंकिङ समुहको परिसुचक २४ दशमलव ६१ अंकले उकालो लाग्दा समग्र बजार बढेको हो । यसैगरी बजारमा होटल समुह झण्डै ३० अंकले बढेको छ भने विकास बैंक समुह पनि ८ अंकभन्दा बढीले उकालो लागेको छ ।

बजारमा जलविद्युत तथा उत्पादनक मुलुक समुहको परिसुचक भने ओरालो लागेका छन् । नेपाल धितोपत्र बोर्डले प्रत्यक्ष नियमनकारी निकाय नभएको संस्थाको हकप्रद सेयर र फरदर पब्लिक अफरिङमा रोक लगाएसँगै ओरालो लागेको जदविद्युत समुह अहिलेसम्म माथी उक्लन सकेको छैन ,
बजारमा दिनभर १ सय ४६ कम्नपीको सेयर कारोवार भएको छ । ती कम्पनीको कुल १ अर्ब ६४ करोड रुपैयाँ बरावरको २१ लाख १५ हजार कित्ता सेयर खरिदविक्री भएको छ । बजारमा ३ वटा कम्पनीको मात्र ५८ करोड ९२ लाख रुपैयाँ बरावरको सेयर खरिदविक्री भएको छ ।

जसमध्ये आजैमात्र बोनस सेयर घोषणा गरेको नेपाल बंगलादेश बैकको ३२ करोड २६ लाख रुपैयाँ बरावरको सेयर कारोवार भएको छ । यसैगरी नेपाल इन्भेष्टमेन्ट बैंकको १४ करोड ७० लाख रुपैयाँ र सिद्धार्थ बैंकको १२ करोड १९ लाख रुपैयाँको सेयर खरिदविक्री भएको छ । आइतबार बढी कारोवार हुने १० कम्पनीमा बैंकिङ समुह मात्र रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्