Logo

सामान्य बढ्यो सुनको भाउ, तोलाको ५८ हजार २ सय, चाँदीमा पनि बृद्धि

सामान्य बढ्यो सुनको भाउ, तोलाको ५८ हजार २ सय, चाँदीमा पनि बृद्धि


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । साताको अन्तिम दिन शुक्रवार स्थानीय बजारमा सुनको भाउ प्रतितोला ५८ हजार २ सय पुगेको छ । बिहीवार तोलाको ५८ हजार १ सयमा कारोवार भएको सुन आज सामान्य बढेको हो ।

शुक्रवार चाँदीको भाउमा पनि सामान्य बृद्धि भएको नेपाल सुनचाँदी वयवसायीमहासंघले जानकारी दिएको छ । सो दिन चाँदी तोलाको ८ सय ६० पुगेको छ ।

यो अघिल्लो दिनको तुलनामा १० रुपैयाँले बढी हो । बिहीवार स्थानीय बजारमा चाँदी तोलाको ८ सय ५० मा कारोवार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्