Logo

बैंकिङ समुहले उचाल्यो नेप्से, साढे ७ अंकले बढ्दा १ अर्व ३५ करोडको कारोवार

बैंकिङ समुहले उचाल्यो नेप्से, साढे ७ अंकले बढ्दा १ अर्व ३५ करोडको कारोवार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बिहीवार नेप्से परिसुचक ७ दशमलव ७३ अंकले उकालो लागेको छ । सो दिन सेयर बजार १ हजार ८ सय ५ दशमलव १५ अंकमा पुगेर बन्द भएको हो ।

विहीबार कारोवारमा आएका अधिकांश समुह ओरालो लागेपनि सेयर बजारमा बढी प्रभाव रहेको बैंकिङ तथा फाइनान्स समुह उकालो लाग्दा समग्र सेयर बजारमा सकारात्मक प्रभाव परेको हो । सो दिन विकास बैंक समुहको परिसुचक २२ दशमलव ४६ अंकले उकालो लागेको छ ।

त्यस्तै बैंकिङ समुह ११ दशमलव ६८ र फाइनान्स समुहको परिसुचक ४ दशमलव ५५ अंकले बढेको हो । यता बीम, जलविद्युत, उत्पादन र अन्य समुहको परिसुचक भने क्रमशः २४ दशमलव ४५,२० दशमलव ३५,८ दशमलव ८७, ३ दशमलव ४७ र ० दशमलव ७३ अंकले ओरालो लागेको छ ।

बिहीवार नेपाल इनभेष्टमेन्ट बैंकको सवैभन्दा बढी ११ करोड ११ लाख बराबरको कारोवार भएको छ । बिहीवार १ सय ४४ ओटा कम्पनी कारोवारमा आएका थिए । सो दिन १७ लाख ९९ हजार कित्ता सेयरबाट १ अर्व ३५ करोडको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्