Logo

विर्तामोडमा अप्रिलीआको नयाँ शोरुम, मोटरसाईकलमा फाईनान्स तथा एक्सचेन्जको सुविधा

विर्तामोडमा अप्रिलीआको नयाँ शोरुम, मोटरसाईकलमा फाईनान्स तथा एक्सचेन्जको सुविधा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । अप्रिलीआको आधिकारिक शोरुमको शुभारम्भ उपत्यका बाहिर पहिलो पटक झापाको विर्तामोडमा बुधबार भएकोे छ । अप्रिलिआको नेपालको लागि आधिकारिक विक्रेता जे एण्ड जे ईन्टरनेशनलले झापामा शोरुम स्थपना गरेको हो ।

हाल बजारमा अप्रिलिआको एसटिएक्स रोड र इटीएक्स इन्ड्युरो नामक मोडल चल्तीमा रहेको छ । यी मोटरसाईकलहरु १५० सिसि क्षमताको रहेको छ । एसटिएक्स रोड बाईक पिच रोडको लागि आकर्षक मानिनेछ भने इटिएक्स इन्ड्युरो जस्तोसुकै अप्ठ्यारोमा पनि सजिलै कुदाउन सकिने हुँदा कच्ची बाटोको लागि उत्कृष्ट मानिएको छ ।

कम्पनीले शुभारम्भको अवसरमा मोटरसाईकलमा फाईनान्स तथा एक्सचेन्जको समेत सुविधा उपलब्ध गराएको छ । अप्रिलिआको सबै पार्टस्, पुर्जा यसको बिक्रि कक्षहरुमा सहजै प्राप्त गर्न सकिने बताइएको छ ।

हाल अप्रिलिआको उपत्यकामा सानो गौचरनामा एक बिक्रि कक्ष रहेको छ । यस महिना भित्र नै उपत्यकाको कालिमाटी तथा उपत्यका बाहिर इटहरीमा समेत बिक्रि कक्ष खुल्न लागेको जानकारी कम्पनीले दिएको छ ।

अप्रिलिआ बाईकलाई रेसिंगका हस्ती भ्यालिन्टीनो रोसी, जर्ज लोरेन्जो, केसी स्टोनरले समेत रेसिङ्गमा प्रयोग गरिसकेका छन् । अप्रिलीआ बाइकले हालसम्म मोटरसाइकल रेसिङ्ग विश्व च्याम्पिसयनसिपमा ५४ वटा मेडल जितिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्