काठमाडौं । बुधवार स्थानीय बजारमा सुनको मूल्य ५८ हजार ४ सयमा झरेको छ । यो अघिल्लो दिनको तुलनामा ३ सयले कम हो ।
मंगलवार सुन प्रतितोला ५८ हजार ७ सयमा कारोवार भएको थियो । यता बुधवार चाँदीको भाउ भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
सो दिन सुनको भाउ तोलाको ८ सय ५५ रुपैयाँ तोकिएको छ ।