Logo

फियाटको इन्ट्रि लेभल ह्याचव्याग पुन्टो प्युअर सार्वजनिक, मूल्य २२ लाख ८५ हजार

फियाटको इन्ट्रि लेभल ह्याचव्याग पुन्टो प्युअर सार्वजनिक, मूल्य २२ लाख ८५ हजार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । फियाट कारको आधिकारिक विक्रेता लाइफ अटोमोवाइलले पुन्टो प्युअर सार्वजनिक गरेको छ । सो गाडीको नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले सार्वजनिक गरेका हुन् ।

पुन्टो प्युअर आकर्षक विशेषता भएको इन्ट्रि लेभल ह्याचव्याग हो । बलियो बनोट,पर्याप्त स्पेस, उच्च ग्राउन्ड क्लेरेन्सयो कारको विशेषता रहेको बताइएको छ । पुन्टो प्युअर इन्ट्रिलेभल भेहिकलमा सवैभन्दा उत्तक विकल्प भएको बताइएको छ ।

त्यस्तै गाडीको चाहना भएकाहरुका लागि यो कार पहिलो रोजाइ बन्न सक्ने कम्पनीका विजनेस हेड सुरज मानन्धरको दावी छ । ‘ कम मूलयमा प्रिमियम सुविधा भएको यो कारले ह्याचव्याक सेग्मेन्टमा जादु गर्ने अपेक्षा छ ’ उनले भने । नेपालमा पुन्टो प्युअर १ दशमलव २ लिटर फायर पेट्रोल इन्जिनमा उपलब्ध हुनेछ ।

यो एक्जोटिक रेड,हिपहप ब्लयाक र ह्वाइट गरी तीन रंगमा उपलब्ध छ । पाँचओटा ढोका भएको यो युरोपेली ह्याचव्यागका अर्वाड पाएको इन्जिन प्रयोग गरिएको छ । जसले कम इन्धन खपत गर्छ ।

पुन्टो प्युअरमा पाँच स्पिडको म्यानुअल ट्रान्समिसन छ । कम्पनीले यस गाडीको बजार मूल्य २२ लाख ८५ हजार तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्