Logo

नाडामा होन्डाको एनएभीआइ र सिवीआर ६५० एफ सार्वजनिक, नाडाका, मूल्य १ लाख ५४ हजार र १९ लाख ९९ हजार

नाडामा होन्डाको एनएभीआइ र सिवीआर ६५० एफ सार्वजनिक, नाडाका, मूल्य १ लाख ५४ हजार र १९ लाख ९९ हजार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । होन्डा मोटरसाइकलको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ प्रालिले नाडा अटो शोको अवसर पारि दुई नयाँ मोटरसाइकल सार्वजनिक गरेको छ । कम्पनीले होन्डा एनएभीआइ र होन्डा सिवीआर ६५० एफ सार्वजनिक गरेको हो ।

होन्डा एनएभाीआई १०९ सिसि इन्जिनद्वारा सुसज्जित छ । जसले हजार आरएमपीमा ८ विएचपी र ५ हजार ५ सय आरपीएममा ८ दशमलव९६ एनएमको पिक टर्क दिन्छ । यसको अगाडी व्हील १२ इन्च र रियर व्हील १० इन्च रहेको छ । जसमा १३० एमएम ड्रम टाइप ब्रेकिङ युनिट र ट्युबलेस टायर रहेको छ । यसको अगाडी तलमाथि भएको अपसाइड फोर्क र रियरमा हाइड्रोलिकमोनोसक हुन्छ ।

एनएभीआइको शुरुवाती मूल्य १ लाख ५४ हजार ९ सय रहेको छ । नोभेम्बर महिना देखि बिक्री शुरु हुनेछ । यो ५ वटा कलर अप्सनहरुमा उपलब्ध छ । साथै होण्डा नेपालले सिबीआर ६ सय ५० एफ प्रिमियम स्पोर्टस् टुररपनी लन्च गरेको छ । ६ सय ५० सिसीको यो मोटरसाइकलमा १६ भेल्भी इन लाइन ४ सिलिन्डर छ । यो मोटरसाइलक ६४ केडब्लु एट ११००० आरपीएमको म्याक्स पावरले चल्छ ।

यसमा रहेको हेड ल्याम्पलाई आउटलाइन दिने सेतो एलइडी पोजिसन ल्याम्पस् र एलइडी टेल लाइट ब्लीन्कर्सले बाइकलाई स्पोर्टी अनि उच्चस्तरको लुक्स दिन्छ । बाइकको मूल्य १९ लाख ९९ हजार रहेको छ ।

नाडा अटो शो २०१६देखि होन्डा कान्तिपथशोरुम र होन्डा विंग्स वल्र्ड शोरुमबाट विक्री शुरु हुनेछ । होन्डा नेपालले विशेष नाडा स्कीम पनि शुरु गरेको छ । जसमा होन्डा नेपालको फेसबुक लाईक गर्नुहुने ग्राहकहरुले नाडा अटो शोमागएर होन्डा बाइक खरिद गर्दा रु. ४ हजार छुट पाउनु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्