Logo

सवै समूह उकालो लाग्दा २१ दशमलव ५४ अंकले बढ्यो नेप्से, १ अर्व ४५ करोडको कारोवार

सवै समूह उकालो लाग्दा २१ दशमलव ५४ अंकले बढ्यो नेप्से, १ अर्व ४५ करोडको कारोवार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । मंगलवार नेप्से परिसुचक २१ दशमलव ५४ अंकले उकालो लागेको छ । सो दिन सेयर बजार १ हजार ७ सय ८८ अंकमा पुगेर बन्द भएको हो । कारोवारमा आएका सबै समुहको परिसुचक उकालो लाग्दा समग्र सेयर बजारमा सकारात्मक प्रभाव परेको हो ।

मंगलवार जलविद्युत समुहको परिसुचक सवैभन्दा बढी ९० दशमलव ९१ अंकले उकालो लागेको छ । त्यस्तै उत्पादन समुह ७२ दशमलव १४,बैंकिङ २४ दशमलव ३ र विकास बैंक समुहको परिसुचक १८ दशमलव ५७ अंकले बढेको छ ।

त्यस्तै बीमा समुह १५ दशमलव २६,होटल ११ दशमलव ९७,फाइनान्स ३ दशमलव ३७८ र अन्य समुहको परिसुचक ३ दशमलव ७६ अंकले बढेको छ ।

मंगलवार १ सय ४२ कम्पनी कारोवारमा आएका थिए । ती कम्पनीको १८ लाख ९७ हजार कित्ता सेयरबाट १ अर्व ४५ करोडको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्