Logo

५१२ जीबी मेमोरी भएको होनोर एक्स८बीको मूल्य २९,९९९, भोलिसम्म बुकिङ गर्नेले अफर पाउने

५१२ जीबी मेमोरी भएको होनोर एक्स८बीको मूल्य २९,९९९, भोलिसम्म बुकिङ गर्नेले अफर पाउने



काठमाडौँ । स्मार्ट फोन कम्पनी होनोरले २६ होनोर एक्स८बी नेपाली बजारमा भित्र्याउन लागेको छ । ५१२ जीबी स्टोरेज भएको होनोर एक्स८बीलाई कम्पनीले “कम्प्युटर लेभल स्टोरेज” ट्यागलाइन दिएको छ।

नेपालका लागि होनोरको आधिकारिक वितरक सेलट्रोन नेपालले होनोर एक्स८बी को प्रि-बुकिङ २६ फेब्रुअरीबाट सुरु भएको घोषणा गरेको छ । जुन ३ दिनसम्म जारी रहने र २८ फेब्रुअरीमा समाप्त हुनेछ।

होनोर एक्स८बीमा (१६+५१२) जीबी भेरियन्ट रहेको छ जहाँ १६ जीबी मा ८ जीबी आन्तरिक र ८ जीबी होनोर र्‍याम टर्बो समावेश छ। यसमा १०८ एम पी मेन क्यामेरा, वाइड र डेप्थ क्यामेरा र २ एम पी म्याक्रो समावेश छ ।

सेलट्रोन नेपालले १६+५१२ जीबी भेरियन्ट रहेको होनोर एक्स८बीको मूल्य रु. २९,९९९ तोकेको छ। प्रि-बुकिङ गर्ने ग्राहकहरूले रु ५,४९० मूल्य रहेको HONOR Choice Earbuds X5e लाइ मात्र रु. २००० मा प्राप्त गर्न सक्नेछन्। होनोर एक्स८बी अफलाइन र अनलाइन प्लेटफर्महरू मार्फत प्रि-बुकिङ गर्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्
MBL