Logo

विशाल ग्रूपले ल्यायो रेनोले क्विड र डस्टर कार, सार्क क्षेत्रमा विस्तार गर्दै

विशाल ग्रूपले ल्यायो रेनोले क्विड र डस्टर कार, सार्क क्षेत्रमा विस्तार गर्दै


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाली बजारमा रेनोको क्विड र डस्टर सेगमेन्टका कारहरु भिभिएको छ । फ्रान्सेली बहुदेशीय अटोमोबाइल उत्पादक कम्पनी रेनोलेका कारहरु विशाल ग्रूप अन्तरगतको एडभान्स अटोमोवाइल्स प्रालिले फ्रान्सेली बहुदेशीय अटोमोबाइल कम्पनीका उत्पादन नेपाली बजारमा भित्र्याएको हो । विशाल ग्रूपले नेपालमा ५० वर्षदेखि विभिन्न बहुदेशीय ब्राण्डहरुको आयात तथा बितरकको रुपमा काम गर्दै आएको छ ।

कार्यक्रममा रेनो समूहका, भारतीय उपमहादेशीय संचालनका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक, श्री सुमित सहानीले रेनो द्रूत गतिमा अगाडि बढिरहेको विश्वव्यापी अटोमोटिभ ब्राण्ड भएको जानकारी दिँदै विगत केहि वर्षदेखि, रेनो ब्राण्डमा सशक्त जग तथा स्वतन्त्र र तीब्रगतिमा बिस्तार गरिरहेको बताए । ‘हामी नयाँ र बढ्दो बजारमा प्रवेश गरिरहेका छौं,’ उनले भने, ‘हामीले रेनो ब्राण्डलाई सार्क क्षेत्रका महत्वपूर्ण देशहरुमा लैजाने प्रयास गरिरहेका छौं ।’ जस अनुरुप आज नेपालमा पहिलो बितरकको रुपमा एडभान्स अटोमोबाइल्स प्रालिको समूद्घाटन गरेको यो उद्घाटन भारतीय उपमहादेशमा रेनोको बिस्तारको महत्वपूर्ण कोशेढुंगा सावित हुने उनको दावी छ ।

duter_vishal group

एडभान्स अटोमोबाइल्स प्रालिको स्टेट अफ आर्ट शोरुम काठमाडौं थापाथलीको जेसिस भवनको भूईँतल्लामा ३ हजार ५ सय स्क्वायर मिटरको क्षेत्रफलमा फैलिएको छ । यो रेनोस्टोरको अवधारणा अनुसार डिजाइन गरिएको छ, जहाँ ग्राहकहरुको आवश्यकताहरुलाई सम्बोधन गर्ने ब्राण्डको गरिमा, उत्पादनहरु, सेवाहरु तथा एसेसरिजहरु आधुनिक तथा अझ बढि दक्षतापूर्वक प्रस्तुत गर्ने गरि वैचारिक सुविधाहरु उपलब्ध छ ।

एडभान्स अटोमोबाइल्स प्रालिले दुईवटा वर्कसपबाट सेवा प्रदान गर्ने भएको छ । जसमध्ये पहिलो कालोपुलमा संचालनमा रहेको छ भने दोस्रो काठमाडौंको परोपकारमा अवस्थित रहेको छ । यसको माध्यमबाट, रेनोले टेस्ट ड्राइभदेखि हस्तान्तरणसम्म दक्ष र उच्चतहको ब्राण्डको अनुभव प्रदान गर्नेछ, तथा ग्राहकहरुलाई परिस्कृत श्रेणीको एसेसरिजहरुका साथमा बिक्रीपछिको सेवाकालागि उच्चतहको सहयोग प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ ।

यसैगरी कार्यक्रममा एडभान्स अटोमोबाइल्स प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक निकुन्ज अग्रवालले रेनो विश्वभर प्रसिद्ध अटोमोटिभ ब्राण्ड भएको र विश्वव्यापी अटोमोटिभ उद्योगमा नवीनता र तीब्रताको चर्चित अटोमोटिभ कम्पनीसँगको आबद्धता नै सम्मान भएको जानकारी दिए । ‘रेनो क्विडसँग हामी नेपालमा हाम्रा ग्राहकहरुलाई गेम चेन्जर कम्प्याक्ट ह्याचब्याक प्रदान गर्दछौं, जुन रेनोको विश्वव्यापी समूहले डिजाइन तथा विकास गरेको हो, जसले साँच्चिकै अन्तर्राष्ट्रिय कार बनाएको छ,’ उनले भने, ‘डस्टरका साथमा, यसको विशिस्टिकृत स्टाईल र विशेषताहरुले ग्राहकहरुलाई स्पष्टरुपमा अपिल गर्नेछ ।’

शुरुवातमा एडभान्स अटोमोबाईल प्रालिले क्विड तथा डस्टर उपलब्ध गराउनेछ । रेनो क्विड, कम्प्याक्ट ह्याचब्याक सेगमेन्टमा क्रान्तिकारी उच्च सफलता हो, जसले अटोमोबाइल इतिहासमा नयाँ युग सिर्जना गरेको छ । क्विडको विश्वव्यापी लन्च, रेनोको अन्तराष्ट्रिय बिस्तारको रणनीति तथा पहुँचको रणनीतिमा अग्रगामी कदमको रुपमा रहेको थियो । क्विड रेनोको विश्वव्यापी समूहले डिजाइन तथा विकास गरेको हो, जसले साँचिक्कै अन्तर्राष्ट्रिय कार बनाएको छ ।

डस्टरको क्षेत्रमा, रेनोको आधारभूत विशेषताहरुको नवीन अवधारणाको सहि उदाहरण हो, जहाँ ग्राहककालागि यसको क्षेत्रमा पुर्नपरिभाषित गरिएको छ । डस्टर दक्षता, विश्वसनियता, मूल्यको महत्वका साथै राम्रोसँग समेटिएको र सेगमेन्ट ब्रेकिंग उत्पादनका साथसाथै सेडानको विकल्पको रुपमा आएको प्रिमियम एसयूभी हो । यसको पनि उच्च ईन्जिनियरिंग, स्टाइल, सुरक्षा र आरामदायी सुविधाहरु मुख्य विशेषता हुन् ।

रेनोले उक्त कारहरु नाडा अटो शो २०७३ मा उपलब्ध गराउने छ ।

प्रतिक्रिया दिनुहोस्