Logo

रोयल फुटवेयरको दशैतिहार योजना, जुत्ता किन्दा चप्पल उपहार

रोयल फुटवेयरको दशैतिहार योजना, जुत्ता किन्दा चप्पल उपहार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । रोयल फुटवेयर प्रालिले दसैतिहार लाई लक्षित गर्दै जुत्ता किन्दा चप्पल उपहारको स्किम ल्याएको छ ।   जसअन्तर्गत उपभोक्ताले रोयल सुका कुनै पनि एक जोर जुत्ता खरीद गर्दा एक जोर रोयल चप्पल उपहार पाउने छन् ।

स्क्रयाच कार्ड मार्फत पनि उपभोक्ताले नगद उपहार जित्न सक्ने रोयल शुका प्रवन्ध  निर्देशक भीम पौडेलले जानकारी दिए । उपभोक्ताले १ सय रुपैयाँदेखि १ लाख रुपैयाँसम्मको नगद उपहार पाउने छन् ।

साथै पाँचदेखि १ सय प्रतिशतसम्म छुटको स्किम पनि ल्याइएको छ । कम्पनीले एक सयभन्दा वढि आकर्षक डिजाइनमा नयाँ जुत्ता चप्पलका मोडल पनि सार्वजनिक गरेको  जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्