Logo

नेप्से १८ अंकले बढ्दा डेढ अर्बको कारोवार, कसले किन्यो एचजीआईको १९ करोडको सेयर ?

नेप्से १८ अंकले बढ्दा डेढ अर्बको कारोवार, कसले किन्यो एचजीआईको १९ करोडको सेयर ?


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सोमबार नेप्से परिसुचक १८ अंकभन्दा बढीले उकालो लागेको छ । शुरु देखि नै बढ्न शुरु गरेको नेप्से परिसुचक अन्तमा १८ दशमलव ३१ अंकले उकालो लागेको छ ।

बजारमा होटल र जलविद्युत वाहेक सवै समुहका परिसुचक उकालो लागेको छ । जसमध्ये सवैभन्दा बढी बीमा समुहको परिसुचक बढेको छ । सो समुहको परिसुचक ५६ अंकले बढ्दा बजारमा बढी प्रभाव पार्ने बैंकिङ समुहको परिसुचक २३ दशमलव ६२ अंकले बढ्न गएको छ ।

यसैगरी, बजारमा विकास बैंक समुह १७ अंकले बढेको छ भने उत्पादनमुलक समुह ३६ अंकले बढेको छ ।

बजारमा पछिल्लो समय कारोवार रकमा पनि केही सुधार आएको छ । सोमबार १ अर्ब ५० करोड रुपैयाँभन्दा बढीको सेयर खरिदविक्री भएको छ । कुल १ सय ४९ कम्पनीको २९ लाख ५७ हजार कित्ता सेयर खरिदविक्री भएका छन् ।

सोमबार सवैभन्दा बढी हिमालयन जनरल इन्स्योरेन्स (एचजीआई) सेयर कारोवार भएको छ । कम्पनीले २ सय २० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेसँगै कारोवार उच्च रुपमा बढेको छ । दिनभर हिमालयन इन्स्योरेन्सको सेयर प्रतिकित्ता १ सय ४ रुपैयाँले बढेर १८ करोड ८६ लाख रुपैयाँको सेयर कारोवार भएको छ ।

हकप्रदको धोषणासँगै एचजीआईको सेयरमा सानादेखि ठूला लगानीकर्तासम्म आकर्षित भएको सम्बद्ध लगानीकर्ताहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
MBL