Logo

टाटाको टियागो मोटर्स सार्वजनिक,मूल्य २२ लाख ५५ हजार,आइतवारदेखि बुकिङ खुल्ला

टाटाको टियागो मोटर्स सार्वजनिक,मूल्य २२ लाख ५५ हजार,आइतवारदेखि बुकिङ खुल्ला


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । भारतीय अटोमोवाइल कम्पनी टाटा मोटर्स र सिप्रदी ट्रेडिङ प्रालिले टाटा मोटर्सको स्पोर्टी ह्याचव्याग टियागो नेपाली बजारमा भित्रिएको छ । अत्याधुनिक डिजाइनसहित डाइनेमिक ड्राइभिङसुविधाले सो कार उक्त वर्गको उत्कृष्ट उत्पादनको प्रतिनिधित्व गर्ने बताइएको छ ।

सो कारको २२ लाख ५५ हजार मूल्य तोकिएको छ । नयाँ रिभोटर्न १ .२ लिटर पेट्रोल इन्जिनसहितको सो कार आगामी अगष्ट ३० तारिकको नाडा अटो शो,स्टल नं एसिक्समा सार्वजनिक गरिने कम्पनीले जानकारी दिएको छ । उपभोक्ताले सो कार खरिद गर्न चाहेको अवस्थमा भने हाललाई बुकिङ खुल्ला गरिएको छ ।

कम्पनीले ४८ घण्टामा मर्मत ग्यारेन्टी,फास्ट ट्रयाक सेवालगायत सेवा दिने बताएको छ । आइत्वार डाइनामिक ह्याचव्याग टियागोको सार्वजनिक गर्दै टाटा मोटर्स प्यासेन्जर भेहिकल इन्टरनेशनल विजनेश हेड जोनी ओम्मेनले सो कारले ग्लोबल डिजाइन र स्तरलाई प्रत्याभुती गरेको बताए ।

tata

सो अवसरमा सिप्रदीका अध्यक्ष सौर्य रानाले अटोमेटिभ क्षेत्रमा टाटा टियागो कारको विशेष सुविधा तथाअत्याधुनिक ड्राइभिङ प्रविधि,उत्कृष्ट फ्युल क्षमताले ग्राहकलाई नयाँपनको अनुभुति दिने बताए ।

पुणे, युके र इटालीको डिजाइन स्टुडियोद्धारा निर्मित टियागोको बाहिरी बनावटमा डाइनामिक सिलहोउट्टी प्रयोग गरिएको छ । जसले गाडीको उत्कृष्ट डिजाइन र कम्प्याट लुकसको प्रतिनिधित्व गर्छ । त्यस्तै सिग्नेचर हेग्जागन ग्रिलमा भर्टिकल पोजिसनमा राखिएको तीनवटा नयाँ टी लोगोले बोल्ड र विश्वस्त बनावटसहित गाडीलाई चुस्त तथा आकर्षक लुक प्रदान गर्छ ।

यसमा क्रोम ह्याण्डिल निटेड फ्याव्रिक,कलर हार्मोनी,ड्युल टोन इन्टेरियसहित लेयर्स डिजाइन थिम,कस्टुमाइजेवल एयर भेन्ट्सलगायत सुविधा छन् । टियागोको सुरक्षित विशेषता अन्तर्गत फ्रन्ट एयरव्याग,नवौं जेनेरेशनको अत्याधुनिक एविएस र इवीडी कर्नर स्टेविलिटि कन्ट्रोल, इन्फोटेनमेन्टमा डिस्प्लेसहित रियर पार्किङ सेन्सर छन् ।

प्रतिक्रिया दिनुहोस्