Logo

इन्टेक्सको लाईट सेन्सर भएको अक्वा प्राइड मोवाइल सार्वजनिक, मूल्य ८ हजार २ सय

इन्टेक्सको लाईट सेन्सर भएको अक्वा प्राइड मोवाइल सार्वजनिक, मूल्य ८ हजार २ सय


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । इन्टेक्स टेक्नोलोजिजले नेपाली बजारमा नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ। लाईट सेन्सर भएको यो स्मार्टफोनमा ५ मेगापिक्सलको रियर क्यामेरा र २ मेगापिक्सलको फ्रन्ट क्यामेरा रहेको छ।

एक जिवी र्याम रहेको यो मोवाइलमा आठ जिवीको रोम रहेको छ भने कम्पनीले यसलाई धेरै ब्याट्री व्याकअप भएको फोनका रुपमा रहेको जनाएको छ। यसमा डुअल फ्लास समेत रहेको छ।

थ्रिजी सेवा सपोर्ट गर्ने यो मोवाइलमा क्वार्डकोर १ दशमलव ३ गिगाहर्जको प्रोसेसर छ । यो एन्ड्रोइडको लेटेस्ट मार्समल्लो ६।० भर्सनमा उपलब्ध छ। यसमा ३२ जिबीसम्म को एक्स्पान्डेवल मेमोरीकार्ड ए छ।

२८०० एमएएच व्याट्री क्षमता भएको यो स्मार्टफोनमा व्याट्री धेरै समय टिक्ने जनाइएको छ। पाँच इन्चको डिस्प्ले रहेको यो स्मार्टफोनको १४१८७२ एमएम डाइमेन्सन रहेको छ। कम्पनीले यो स्मार्टफोनमा एक बर्षको वारेन्टि दिने जनाएको छ। कम्पनीले यो स्मार्टफोनको बजार मूल्य ८ हजार २ सय रुपैयाँ तोकेको छ।

प्रतिक्रिया दिनुहोस्