Logo

बीमा समुह उचालिदा झण्डै ३ प्रतिशतले बढ्यो नेप्से, कसले किन्यो लुम्बीनीको १० करोडको सेयर ?

बीमा समुह उचालिदा झण्डै ३ प्रतिशतले बढ्यो नेप्से, कसले किन्यो लुम्बीनीको १० करोडको सेयर ?


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बजारमा बीमा समुहको परिसुचक उच्च रुपमा बढ्दा समग्र नेप्से परिसुचक बढ्न गएको छ । सो समुहको परिसुचक साढे ५ सय अंकले बढ्दा नेप्से परिसुचक ४८ दशमलव ७६ अंकले उकालो लागेको छ । बजार खुलेदेखि बढ्न शुरु गरेको नेप्से परिसुचक अन्तमा १ हजार ७ सय ३० अंकमा पुगेर अडिएको छ ।

हिमालयन जनरल इन्स्योरेन्सले १ कित्ता बरावर २ दशमलव २ कित्ता हकप्रद सेयर दिने घोषण गरसँगै बढ्न शुरु गरेको बीमा समुह अन्तत लुम्बिनी जनरल इन्स्योरेन्स कम्नपीेको कारोवारले अझै बढी बढाएको हो ।

बुधबार बजारमा सवै समुहका परिसुचक उकालो लागेका छन् । बजारमा सवैभन्दा बढी प्रभाव पार्ने बैंकिङ समुहको परिसुचक झण्डै ४० अंकले उकालो लागेको छ । यसैगरी बजारमा होटल समुह ९० अंकले बढेको छ भने जलविद्युत समुहको परिसुचक ४८ अंकले उकालो लागेको छ भने विकास बैंक समुह ३८ अंकले बढ्न गएको छ ।

बजार कारोवार रकम पनि बढेको छ । अघिल्लो दिन ८८ करोडको सेयर कारोवार भएकोमा आज १ अर्ब रुपैयाँभन्दा बढीको सेयर खरिदविक्री भएको छ । दिनभर कुल १ सय १ सय ४२ कम्पनीको ११ लाख १२ हजार कित्ता सेयर कारोवार भएको छ ।

बजारमा सवैभन्दा बढी लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको सेयर कारोवार भएको छ । सो कम्पनीको सेयर प्रतिकित्ता १ सय ४३ रुपैयाँले बढेर १० करोड ४९ लाख रुपैयाँ बरावरको सेयर खरिदविक्री भएको छ । लुम्बिनीको सेयर ३२ र ३३ नम्बर ब्रोकरबाट बढी खरिद भएको छ । तर, अन्य कम्पनीको कारोवार भने ५ करोड रुपैयाँभन्दा तल नै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL