Logo

ट्रेड ग्यारेन्टी फण्ड र अक्सन मार्केट संचालनको कार्यविधी तयार, हुर्नुहोस के छ नयाँ व्यवस्था ?

ट्रेड ग्यारेन्टी फण्ड र अक्सन मार्केट संचालनको कार्यविधी तयार, हुर्नुहोस के छ नयाँ व्यवस्था ?


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्स)ले ट्रेड ग्यारेन्टी फण्ड विनियमावली, सूचिकरण विनियमावली र अक्सन कारोबार कार्यविधी तयार गरी स्वीकृतिका लागि नेपाल धितोपत्र बोर्डमा पठाएको छ । बोर्डको तीनवटैको मस्यौता तयार गरी आजैमात्र स्वीकृतिका लागि बोर्डमा पठाएको जानकारी दिएको छ ।

विनियमावली तथा कार्यविधी कार्यान्वयनमा आएसँगै बजार संचालनमा थप सहज र प्रभावकारी हुने नेप्सेको नेप्सेको भनाइ छ । सेयर कारोबारको राफसाफ तथा फछ्र्यौट कार्यमा सुनिश्चता प्रदान गरी लगानीकर्ताको हित संरक्षण गर्ने उदेश्यले अक्सन कार्यविधी तयार पारिएको नेप्सेद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । साथै दोस्रो बजारमा भएको कारोबारमा मौज्दात कम देखिएमा सदस्य दलाललाई न्यून सेयर पूर्ति गर्न अक्सन मार्केटले सघाउ पुर्याउने नेप्सेको भनाई छ ।

स्वीकृतिसँगै नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त गरी नेप्सेबाट सदस्यता प्राप्त सम्पूर्ण सदस्य व्यवसायीहरु अक्सन मार्केटको कारोवारमा सहभागी हुन पाउने छ । सुचिकृति दलालहरुले गरेको कारोबार समयमै राफसाफ गर्न खरिदकर्ता ग्राहकले रकम नबुझाएमा वा ढिला गरेमा समयमै कारोबार राफसाफ गर्न सहज बनाउने उद्देश्य अनुरुप कोष संचालन गर्न ट्रेड ग्यारेन्टी फण्ड विनियमावली तर्जुमा गरिएको हो । यसैगरी, ट्रेड ग्यारेन्टी फण्डवाट सुविधा प्राप्त गर्न सिडिएससी र राफसाफ सदस्यवीच सम्झौता गर्नु पर्ने व्यवस्था गरिएको छ ।

nepse

प्रतिक्रिया दिनुहोस्