काठमाडौं । हिमालयन जनरल इन्स्योरन्सले १ सेयर बरावर २ दशमलव २ कित्ता हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले चुक्ता पूँजी बृद्धि गर्ने लक्ष्य अनुरुप आफ्ना सेयर होल्डरलाई १ बरावर २ दशमलव २ कित्ता हकप्रद सेयर दिन लागेको हो ।
हकप्रद सेयर जारी गर्ने सम्बन्धमा कम्पनीले आजैमात्र नेप्सेलाई जानकारी दिएको छ । उक्त सेयर जारीको लागि कम्पनीले विशेष साधारणसभाबाट पारित गराउने भएको छ । जसको लागि कम्नपीले असोज ७ गते विशेष साधारणसभाल बोलाएको छ ।
१ बरावर २ दशमलव २ कित्ता हकप्रद जारी गर्ने निर्णयसँगै हिमालयनको सेयर १ घण्टमा प्रतिकित्ता १ सय ५० भन्दा बढीले बढेको छ ।