Logo

बोर्डले भन्यो, सुचिकृत संस्थाले नगद लाभांस र आईपीओमा नपरेको पैसा एउटै खातामा दिनु

बोर्डले भन्यो, सुचिकृत संस्थाले नगद लाभांस र आईपीओमा नपरेको पैसा एउटै खातामा दिनु


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेञ्जमा सुचिकृति सवै संस्थालाई आफ्ना सेयर धनीलाई दिने नगद लाभांस तथा आइपीओ र एफपीओ भर्दा नपरेको पैसा सम्बन्धित व्यक्तिको बैंक खातामै जम्मा गरिदिन निर्देशन दिएको छ । केही समय अघि राष्ट्र बैंकले बैंक वित्तीय संस्थालाई नगद लाभांस तथा सेयर भर्दा नपरेको पैसा सम्बन्धित व्यक्तिको खातामा जम्मा गरिदिन निर्देशन दिएकोमा बोर्डले आज अर्को दिर्नेशन जारी गर्दै सम्पूर्ण सुचिकृति संस्थालाई उक्त व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको हो ।

बोर्डले सो रकम नेपाल क्लियरिङ हाउसको सदस्य भएको जुनसुकै बैंक वित्तीय संस्थाको खातामा जम्मा गरिदिन निर्देशन दिएको हो । यस अघि कतिपय बैंक वित्तीय संस्थाले नगद लाभांस खातामा लिन सम्बन्धित बैंकमै खाला खोल्न लगाएपछि बोर्डले यस्तो दिर्नेशन दिएको हो । जस अनुसार आगामी दिनमा लगानीकर्ताले क्लियरिङ बैंकको सदस्य भएको जुन बैंकको खाता नम्बर दिएपनि सोही बैकमा रकम जम्मा गरिदिनु पर्ने हुन्छ ।

बोर्डले आज एक विज्ञप्ती जारी गर्दै सेयर रजिष्ट्रार, निष्काशन तथा विक्री प्रबन्धकहरु र सूचिकृत कम्पनीहरुलाई सो निर्देशन दिएको हो । नयाँ व्यवस्थासँगै देशको विभिन्न क्षेत्रबाट बैंक तथा वित्तीय संस्था सहित सम्पूर्ण सूचिकृत कम्पनीहरुमा लगानी गर्ने लगानीकर्तालाई नगद लाभांस लिन काठमाडौं नै आउनुपर्ने व्यवस्थाको अन्त्य हुने छ । जसले गर्दा लगानीकर्ताको समय बचत तथा अनावश्यक झन्झटबाट मुक्तहुने भएकोल धितोपत्र वजार प्रति लगानीकर्ताको थप विश्वास वढ्न गई समग्र पूँजी वजारको समयानुकुल बिकास र सुधारमा सहयोग पुग्ने बोर्डको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्
MBL