Logo

१ घण्टामा २२ अंकले बढेको नेप्से अन्तत घट्यो, वियरिस सेन्टिमेन्टमा लगानीकर्ता

१ घण्टामा २२ अंकले बढेको नेप्से अन्तत घट्यो, वियरिस सेन्टिमेन्टमा लगानीकर्ता


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । कारोवार शुरु भएको पहिलो १ घण्टा उच्च रुपमा बढेको नेप्से परिसुचक अन्तत ओरालो लागेको छ । बजार खुलेको केही समय २२ अंकले बढेको नेप्से परिसुचक अन्तमा १ दशमलव २६ अंकले घटेको छ । मंगलबार नेप्से परिसुचक १ हजार ६ सय ८१ दशमलव ८६ अंकमा झेरर अडिएको छ ।

अहिले लगानीकर्ताहरुमा वेयरिस सेन्टिमेन्ट देखिएकाले बजार केही समय बढपनि घटेर बन्द हुने गरेको बजार विश्लेषक तथा लगानीकर्ता अम्बिकाप्रसाद शर्मा बताउँछन् । बजारमा मंगलबार पनि त्यसकै असर स्वरुप बजार केही समय बढेर अन्तमा घटेको उनको भनाइ छ । तर, उच्च कारोवार हुने कम्पनीको सुचिमा बैंकिङ समुह रहनु बजारको लागि सकारात्मक पक्ष भएको उनको दावी छ ।

सोमबार सवै समुहका परिसुचक ओरालो लागेकोमा मंगलबार बैंकलगायत केही समुहको परिसुचक हरियो भएको छ । बजारमा सवैभन्दा बढी उत्पादनमुलक समुहको परिसुचक ओरालो लागेको छ । सो समुहको परिसुचक ४८ अंकले ओरालो लाग्दा बीमा समुह ३९ अंकले घटेको छ । यसैगरी, फाइनान्स समुहको परिसुचक पनि ८ अंकले घट्न गएको छ ।

तर, बजारमा प्रभाव पार्ने बैंकिङ् समुहको परिसुचक भने सामान्य उकालो लागेको छ । बजारमा उच्च कारावोर हुने कम्पनीको पाँचौं स्थानसम्म बैंक रहदा सो समुहको परिसुचक १ दशमलव ५३ अंकले बढेको छ । यस्तै, जलविद्युत समुह १५ अंकले बढदा विकास बैक समुह साढे ३ अंकले उकालो लागेको छ ।

बजारमा अघिल्लो दिनको तुलनामा कारोवार रकम सामान्य बढेको छ । सोमबार ८६ करोड रुपैयाँको सेयर कारोवार भएकोमा मंगलबार ८८ करोडको १४ लाख ५२ हजार कित्ता सेयर खरिदविक्री भएको छ । जसमध्ये नेपाल इन्भेष्टभेन्टको ७ करोड ७२ लाख रुपैयाँ बरावरको सेयर खरिदविक्री भएको छ । नगद र सेयर गरी ४१ प्रतिशत बोनस दिने घोषणा गरेसँगै इन्भेष्टमेन्टको कारोवार बढेको हो ।

प्रतिक्रिया दिनुहोस्