Logo

अमेरिकामा वाइवाइको उद्योग खोल्दै चौधरी ग्रुप, भेन्चर क्यापिटलको पहिलो नेपाली कम्पनी

अमेरिकामा वाइवाइको उद्योग खोल्दै चौधरी ग्रुप, भेन्चर क्यापिटलको पहिलो नेपाली कम्पनी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले अमेरिकामा वाइवाइ चाउचाउ उद्योग स्थापना गर्ने लक्ष्य रहेको बताएका छन् । अमेरिकामा रहेका नेपालीहरुसँग शनिबार अमेरिकी शहर ड्यालस र आइतबार लस एञ्जेल्समा छलफलको क्रममा उनले यस्तो बताएका हुन् ।

साथै सिलिकन भ्यालीमा भेञ्चर क्यापिटलमार्फत पहिलो नेपाली उद्योग स्थापना गर्ने लक्ष्य रहेको उनले जानकारी दिए । ‘म सानैदेखि दिनमा सपना देख्ने मान्छे, उनले भने ‘मेरो सपना थियो नेपालको पहिलो बहुराष्ट्रिय कम्पनी खोल्ने, त्यही सपनालाई पछ्याउँदै यहाँसम्म आइपुगेको छु ।’

Binod Chaudhary NRNA events2

गैरआवासीय नेपाली संघ अमेरिका कोअर्डिनेशन कमिटीका स्थानीय च्याप्टरहरुमार्फत अमेरिकाका विभिन्न स्थानमा नेपाली समुदायसँग व्यावसायिक सफलता विषयमा छलफल गर्ने क्रममा हाल चौधरी अमेरिका भ्रमणमा छन् ।

उनले सिलिकन भ्यालीमा भेञ्चर क्यापिटलमार्फत उदीयमान र नयाँ सोचका नेपाली युवाहरुलाई प्रोत्साहित गरी कम्पनी खोल्न प्रेरित गरेका थिए । ‘तपाईंहरुसँग विश्वलाई बदल्न सक्ने क्षमता छ,’ चौधरीले भने, ‘तपाईंहरु नयाँ सोच र सिलिकन भ्यालीमा जम्ने तथा नेपाली पौरख स्थापित गर्ने स्तरको योजना लिएर आउनुहोस् साथ दिन तयार छु ।’
सो अवसरमा उनले राष्ट्रिय अर्थतन्त्र र निजीक्षेत्र दुवैको विकासमा उदार अर्थ व्यवस्थाको महत्व रहेको बताए ।

Binod Chaudhary NRNA events1

सन् १९९० पछि चौधरी ग्रुपले विदेशमा लगानी नगरेको भए अहिले पहिलो नेपाली अर्बपतिको सूचीमा आफू नपर्ने समेत बताए । हाल नेपालका छवटा र भारतका आठवटा प्लान्ट (उद्योग) हरुमा वाइवाइको उत्पादन भैरहेको छ ।

न्यूयोर्कको जोन एफ केनेडी विमानस्थालमा रहेको ¥याडिसन होटलमा चौधरी ग्रुपको लगानी रहेको छ । चौधरीले होटललाई पुनरसंरचना गर्ने योजना रहेको समेत उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्