Logo

बोल्टका उत्पादन अब नेपालमा पनि पाइने, शंकर ग्रुपको जगदम्बा मोबाइल्स आधिकारिक विक्रेता

बोल्टका उत्पादन अब नेपालमा पनि पाइने, शंकर ग्रुपको जगदम्बा मोबाइल्स आधिकारिक विक्रेता



काठमाडौं । भारतीय अडियो कम्पनी बोल्टको इयर–बड र स्मार्ट–वाचहरु नेपालमा उपलब्ध हुने भएका छन् । यसका लागि बोल्ट र शंकर ग्रुपको सहायक कम्पनी जगदम्बा मोबाइल्स प्रालिबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

वरुण गुप्ता र तरुण गुप्ताद्वारा २०१७ मा स्थापित बोल्टले हेडफोन, स्पिकर, स्मार्टवाच र वायरलेस, ब्लुटुथ, इन–इयर, र इयरफोनहरू लगायत अन्य अडियो र वेरेबल उत्पादनहरू डिजाइन र निर्माण गर्दै आएको छ । हालसम्म २ करोडभन्दा बढी उत्पादनहरू बिक्री गरिसकेको कम्पनीले जनाएको छ ।

जगदम्बा मोबाइल्सका अनुसार कम्पनीले ग्राहकका विभिन्न माग र आवश्यकता बमोजिमका बोल्ट स्मार्टवाच र ट्रु वायरलेस स्टेरियो इयरबडहरू नेपालमा चाँडै उपलब्ध गराउन लागेको हो । बोल्टले भारतमा व्यवसाय विस्तार गरेसँगै अन्तर्राष्ट्रिय बजारमा पनि उपस्थिति जनाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL