Logo

क्लियर बैंक थपको काम अघि बढ्यो, सफ्टवेयर मोडिफिकेशन गर्दै सीडीएस

क्लियर बैंक थपको काम अघि बढ्यो, सफ्टवेयर मोडिफिकेशन गर्दै सीडीएस


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्जले क्लियर बैंक थपका लागि प्रक्रिया अघि बढाएको छ । नेप्सेले पहिलो चरणमा क्लियर बैंक थपका लागि सीडीएस एण्ड क्लियरिङको सफ्टवेयर मोडिफिकेशनको काम शुरु गरेको नेप्सेका महाप्रवन्धक तथा सीडीएसका अध्यक्ष सिताराम थपलियाले जानकारी दिए ।

उनका अनुसार हालको सफ्टवेयरले मल्टि क्लियर बैंक संचालनका लागि सपोर्ट नगर्ने भएकाले त्यसलाई अपग्रेड गर्न लागिएको हो । उक्त सफ्टवेयर मोडिफिकेशनको काम सकिएपछि मात्र नयाँ क्लियर बैंक थपका लागि आवेदन माग गरिने भएको छ । ‘हाल सीडीएसले सफ्टवेयर मोडिफिकेशन गरिरहेको छ,’ उनले भने, ‘उक्त काम सकिएपछि खुला प्रतिस्पर्धाबाट क्लियर बैंक थपका लागि आवेदन माग गर्ने छौं ।’

धितोपत्र बोर्डले पटक–पटक क्लियर बैंक थपका लागि निर्देशन दिएपछि नेप्सेले सफ्टवेयर थपका लागि प्रक्रिया अघि बढाएको हो । पछिल्लो समय कारोवार रकम बढीरहेको भन्दै कम्तीमा ३ वटा क्लियर बैंक पुर्याउन दिर्नेशन दिएको छ ।

बोर्डले नेप्सेलाई साउनभित्रै क्लियर बैंक थप गर्न निर्देशन दिएको थियो । तर, सो कार्यका लागि सफ्टवेयर अपग्रेडलगायतका काम गर्नुपर्ने भएकाले अझै केही समय लाग्ने नेप्सेको भनाइ छ । तत्काल क्लियर बैंक थप गर्ने सक्बन्धमा बोर्ड, नेप्से र सीडीएसका पदाधिकारीले सहमति गरेर काम अघि बढाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL