Logo

नाडा अटो शो भदौ १४ देखि, सवारी तथा अटो पार्टसका १ सय २५ ओटा स्टल रहने

नाडा अटो शो भदौ १४ देखि, सवारी तथा अटो पार्टसका १ सय २५ ओटा स्टल रहने


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नाडा अटो शो २०७३ भदौ १४ देखि आयोजना हुने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा हुने भनिएको मेला ६ दिनसम्म चल्ने छ । मेलाको अटोमोवाइल्स एशोसिएशन अफ नेपालले आयोजना गर्न लागेको हो । मेलामा नयाँ मोडल तथा नयाँ प्रविधिहरुको एकै थलोमा प्रदर्शन गरिने आयोजकले जानकारी दिएको छ ।

सो मेलामा सवारी साधन तथा त्यसका पार्टस्लगायतका १ सय २५ वटा स्टल रहनेछन् । अटो शोमा ७४ ओटा संस्थाहरुले विभिन्न योजनाहरु सहित सवारी साधन तथा अन्य पार्टसहरु राख्ने बताइएको छ ।
त्यस्तै यस बर्ष मेलामा केही नयाँ सवारी साधन तथा अन्य अटो कम्पोनेन्टहरु प्रदर्शनीमा राखिने छ । प्रदर्शनीमा १६ ओटा व्राण्डका ४ पांग्रे, १५ ओटा व्राण्डका २ पांग्रे प्रदर्शन गरिने बताइएको छ ।

आयोजकका अनुसार फोर्ड,होण्डा,किया,टाटा,स्कोदा, फक्सवागन ,स्याङयोङ, रोयल इनफिल्ड, टिभीएस, भेष्पा, यमाहालगायत प्रदशर्न गरिने छ । अवलोकनकर्ताहरूको सुविधालाई ध्यानमा राखी रुची अनुरुप प्रदर्शनी भ्रमण गर्न सहज होस भत्रे अभिप्रायले २–पाङग्रे, ४–पाङग्रे, कमर्शियल गाडीहरू तथा वित्तिय संस्थाहरूको छुट्टा–छुट्टै ठाँउहरू निर्धारण गरिएको छ ।

त्यसैगरी सवारी सुरक्षा प्रविधि,स्पेयर पार्टस,टायर, ग्यारेज,व्याट्रिलगायत राखिने छ । शोमा ५० हजार अवलोकनकर्ताको उपस्थिती रहने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्