Logo

केएल टावरको बिग सेल कार्निभलमा अवलोकनर्ताको भीड, शनिबार कन्सर्ट कार्यक्रम

केएल टावरको बिग सेल कार्निभलमा अवलोकनर्ताको भीड, शनिबार कन्सर्ट कार्यक्रम


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । केएल टावरले शनिवार कन्सर्ट कार्यक्रम गर्ने भएको छ । उपभोक्ताको सुविधालाई लक्षित गरी बिग सेल कर्भिनल संचालन ल्याएको चाबहिलस्थित केएल टावरले मनोरञ्जन प्रदान गर्ने उद्देश्य अनुरुप कन्सर्ट देखाउन लागेको हो ।

मलले चाडपर्वलाई लक्षित गर्दै सामान खरिदमा ५० प्रतिशतसम्म दिँदै आएको छ । टावरले शनिवार सामान खरिद तथा अवलोकनका लागि आउने ग्राहकलाई मनोरञ्जन सबिन राई लगायतका गायकहरुले विशेष सांगितिक कार्यक्रम प्रस्तुत गर्ने जानकारी दिएको छ ।

मलमा लत्ताकपडा, जुत्ता, चम्पल, घडी, ब्याग कस्मेटिक लगायतका सामानमा ५० प्रतिशतसम्म छुट दिइनुका साथै विभिन्न आर्कषक उपहार समेत जित्न सकिने कानिर्भलका आयोजकले जानकारी दिएका छन् । कार्निभल अवधिभर केएल टावरमा निरन्तर रुपमा विभिन्न आकर्षक कार्यक्रमहरुको समेत आयोजना हुनेछन् ।

एक महिनाको अवधिसम्म चल्ने कार्निभलमा विभिन्न सांगितिक कार्यक्रम, फेशन सो, गेम सो, फ्रि नेल आर्ट तथा निःशुल्क फेस पेण्टिङ लगायतका कार्यक्रम निरन्तर संचालन हुने छ । श्रावण २८ गतेबाट संचालनमा आएको सपिङ कार्निभल यही भदौ २५ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL