Logo

आजदेखि बुक विल्डिङ विधिमार्फत रिलायन्स स्पिनिङ मिल्सको आइपीओ निष्काशन, कति छ प्रतिकित्ता मूल्य ?

आजदेखि बुक विल्डिङ विधिमार्फत रिलायन्स स्पिनिङ मिल्सको आइपीओ निष्काशन, कति छ प्रतिकित्ता मूल्य ?



काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सको आइपीओ आजदेखि निष्काशन भएको छ । कम्पनीले बुधबारदेखि योग्य संस्थागत लगानीकर्ताका लागि बुक विल्डिङ विधिमार्फत आफ्नो आइपीओ निष्काशन गरेको हो । कम्पनीले आफ्नो कुलपुँजी १ अर्ब ९० करोड रुपैयाँको १०.१४ प्रतिशतले हुने १९ करोड २६ लाख ६० हजार रुपैयाँको १९ लाख २६ हजार ६०० कित्ता सेयर निष्कासन गरेको हो ।

१९ लाख २६ हजार ६०० कित्ताको ४० प्रतिशत अर्थात ७ लाख ७० हजार ६४० कित्ता सेयर पहिलो चरणमा संस्थागत लगानीकर्ताका लागि निष्काशन हुने छ ।

कम्पनीले बोलकबोलका सेयरको बिक्री मूल्य प्रतिकित्ता ६ सय ८ देखि ९ सय १२ रुपैयाँसम्म तोकेको छ । संस्थागत लगानीकर्ताले सोही सीमाभित्र रहेर बोलपत्र पेश गर्नुपर्ने छ । सेयरमा संस्थागत लगानीकर्ताले आजदेखि १४ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।

बोलकबोल परेपछि ‘कट अफ प्राइस’ निकालिन्छ । कट अफ प्राइस वा सोभन्दा बढी मूल्यमा कबोल गर्ने सबै आवेदनकलाई सेयर बाँडफाँट गरिनेछ ।

कट अफ प्राइस भन्दा १० प्रतिशत मूल्य घटाएर सर्वसाधारणका लागि सेयर निष्काशन गरिने कम्पनीले जनाएको छ । यसको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटलछ ।

प्रतिक्रिया दिनुहोस्
MBL