Logo

हप्तामा ४० अंकले घट्यो नेप्से, कारोवार साढे ४ अर्बमा सिमित

हप्तामा ४० अंकले घट्यो नेप्से, कारोवार साढे ४ अर्बमा सिमित


बिजखबर संवाददाता
27
Shares

यो साता नेप्से परिसुचक ४० अंकले ओरालो लागेको छ । साताभर ४ दिन बजार खुलेको थियो । जसमध्ये पहिलो २ दिन ओरालो लाग्यो भने पछिल्लो २ दिन बजार बढेको थियो ।

आइतबार ४१ अंकले घटेको नेप्से परिसुचक सोमबार ३९ अंकले घटेको थियो । तर, पछिल्लो २ दिन भने लगातार बढेको छ । जस अनुसार मंगलबार साढे २२ अंक र बुधबार १७ अंकभन्दा बढीले बजार बढेको थियो ।

यो साता कारोवा रकम भने बढ्न सकेन । साताभर कुल ४ अर्ब ४० करोड रुपैयाँ बरावरको मात्र सेयर खरिदविक्री भएको छ । अघिल्लो दिनहरुमा दैनिक २ अर्ब रुपैयाँको सेयर कारोवार हुने गरेकोमा यो साता घटेर १ अर्बमा सिमित भयो ।

बजारमा आइतबार १ अर्ब १४ करोड रुपैयाँको सेयर किनवेच भएको थियो भने सोमबार समान्य बृद्धि भई १ अर्ब १९ करोडको कारोवार भएको थियो । तर, मंगलबार र बुधबार भने घटेका छन् । बजारमा मंगलबार १ अर्ब ६ करोडको करोवार हुँदा बुधबार १ अर्बको मात्र करोवार भयो ।

प्रतिक्रिया दिनुहोस्