Logo

‘रेड्मी १३ सी’ स्मार्टफोन नेपालमा, यस्ता छन् मूल्य र विशेषता

‘रेड्मी १३ सी’ स्मार्टफोन नेपालमा, यस्ता छन् मूल्य र विशेषता



काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपालमा रेड्मी १३ सि लन्च गरेको छ । मेडियाटेक हेलिओ जी ८५ प्रोसेसर सहित यो फोन उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीका अनुसार शाओमीले रेड्मी १२ सि को सफलताको रूपमा आफ्नो नयाँ इन्ट्री–लेभल स्मार्टफोन रेड्मी १३ सि लिएर आएको हो । रेड्मी १३ सि को स्टाइलिस डिजाइन र अत्याधुनिक प्रविधिले स्मार्टफोनको बजारमा नयाँ स्ट्यान्डर्ड तय गर्नेछ ।

रेड्मी १३ सि १२ एनएमको प्रोसेस र मेडियाटेक हेलिओ जी ८५ प्रोसेसरद्वारा संचालित छ जसले स्मुथ पर्फरमेन्स सुनिश्चित गर्दछ । रेड्मी १३ सि ६ जिबी + १२८ जिबी र रेड्मी सि –श्रृङ्खलामा पहिलो पटक– ८ जिबी+२५६ जिबी भेरिएन्टहरुमा उपलब्छ छ ।

रेड्मी १३ सि १६८ एमएमको लम्बाई, ७८ एमएमको चौडाइ, ८.०९ एनएमको मोटाई तथा १९२ ग्राम तौलमा उपलब्ध छ । रेड्मी १३ सि मा ५० मेगापिक्सेलको एआई ट्रीपल क्यामरा रहेको छ । फोनमा नाइट मोड, पोट्र्रेट मोड, ५० मेगापिक्सेल मोड र टाइम–ल्याप्सहरु जस्तै उत्कृष्ट क्यामरा फिचरहरु पनि उपलब्ध छ ।

,
रेड्मी १३ सिको ५००० एमएचको ब्याट्रीले १८ वाटको पिडी चार्जिङ र युएसबी टाइप सि सर्पोट गर्दछ । १० वाटको एडाप्टर सहित आउने यस रेड्मी १३ सि लाई कम्पनीले अप्टिमल चार्जिङको लागि १८ वाट वा माथिको एडाप्टर रेकमेन्ड गरेको छ ।

रेड्मी १३ सि ६+१२८ जिबी र ८+२५६ जिबी को स्टोरेज भेरियन्टमा मिडनाइट ब्ल्याक, नेभी ब्लू र क्लोभर ग्रीन गरी तीन आकर्षक रंगहरूमा उपलब्ध हुनेछ । मूल्य भने ६+१२८ जिबी र ८+२५६ जिबी भेरियन्टको मूल्य रु. १५ हजार ९९९ र १८ हजार ९९९ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL