Logo

सेयर बजारमा करेक्सन, कारोबार दुई वर्ष यताकै उच्च

सेयर बजारमा करेक्सन, कारोबार दुई वर्ष यताकै उच्च



काठमाडौं । अघिल्लो कारोबार उच्च अंकले बढेको सेयर बजारमा बुधबार भने करेक्सन देखिएको छ । साताको पहिलो कारोबार दिन आईतबार र दोस्रो कारोबार दिन मंगलबार लगातार उकालो लागेको सेयर बजारमा सातको तेस्रो कारोबार दिन बुधबार भने करेक्सन भएको हो ।

बुधबार सेयर बजार मापक नेप्से सूचक १२.१० अंकले घटेर २१६३.०६ बिन्दुमा आइपुगेको छ । मंगलबार र आइतबार सेयर बजार क्रमश ः ५४.५४ अंक र ३१.६२ अंकले बढेको थियो । बुधबार कारोबारको सुरुवाती चरणमा २२ सय बिन्दु माथि पुगेर सेयर बजार अन्तिम समयमा आएर घटेको हो ।

नेप्से सूचकमा केहि करेक्सन देखिए पनि कारोबार रकम भने दुई वर्ष यताकै उच्च बिन्दुमा पुगेको छ । मंगलबार १३ महिना यता कै उच्च कारोबार भएको सेयर बजारमा बुधबार अझ बढेर २ वर्ष यता कै उच्च कारोबार भएको हो । मंगलबार ९ अर्ब ७८ करोड ८९ लाख ६९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यसअघि २०७८ माघ २ गते ९ अर्बसम्मको कारोबार भएको थियो ।

बुधबार ३ सय कम्पनीको ३ करोड ३५ लाख २५ हजार ७ सय २ कित्ता सेयर २ लाख १० हजार ४ सय ७१ पटक किनबेच भएको छ । कारोबारमा आएको तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । कारोबारमा आएको ३ सय कम्पनी मध्ये ६३ कम्पनीको सेयर मूल्य उकालो लागेको छ । बाँकी १ सय ८० कम्पनीको सेयर मूलय घटेको छ भने ४ कम्पनीको सेयर मूल्य यथावत रहेको छ ।

कारोबारमा आएको १३ उपसमूह मध्ये ४ उपसमूहको सेयर मूल्यमात्र बढेको छ । बाँकी ९ उपसमूहको सेयर मूल्य घटेको छ । आज सबैभन्दा धेरै अन्य उपमूहतर्फको सेयर मूल्य बढेको छ । यस उपसमूहको सेयर मूल्य आज १.९४ प्रतिशतलेब बढेको छ । सबैभन्दा धेरै फाइनान्स कम्पनीको सेयर मूल्य घटेको छ । यस उपसमूहको सेयर मूल्य आज ३.५१ प्रतिशतले घटेको हो ।

बुधबार हिमालयन रि–इन्स्योरेन्स कम्पनीको सबैभन्दा धेरै सेयर कारोबार भएको छ । यस कम्पनीको १० लाख ९३ हजार ४ सय ८७ कित्ता सेयर ६५ करोढ ८४ लाख ९० हजार २८५ रुपैयाँमा खरिद बिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्