Logo

प्रि-ओपन सेसनमा ६.६३ अंकले बढ्यो सेयर बजार, ४६ लाख माथिको कारोबार

प्रि-ओपन सेसनमा ६.६३ अंकले बढ्यो सेयर बजार, ४६ लाख माथिको कारोबार




काठमाडौं । बुधबार प्रि-ओपन सेसनमा सेयर बजार ६.६३ अंकले बढेको छ । यस अवधिमा ४६ लाख ९५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । प्रि-ओपन सेसनमा सेयर बजार ०.३० प्रतिशतले बढेको हो ।

बुधबार ७२ कम्पनीका १४ हजार ४ सय ८६ कित्ता सेयर कारोबार भएका छन् । यो सेसनमा कुल १ सय ९३ वटा कारोबार भएको हो । यो सेसनमा ३८ कम्पनीको भाउ बढ्दा ९ कम्पनीको घटेको छ ।

प्रतिक्रिया दिनुहोस्