Logo

नेप्सेमा सवै समुह हरियो, साढे २२ अंकले बढ्दा १ अर्व ६ करोडको कारोवार

नेप्सेमा सवै समुह हरियो, साढे २२ अंकले बढ्दा १ अर्व ६ करोडको कारोवार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । मंगलवार नेप्से परिसुचक २२ दशमलव ६८ अंकले उकालो लागेको छ । सो दिन सेयर बजार १ हजार ७ सय १७ दशमलव ४९ अंकमा पुगेर बन्द भएको हो ।

कारोवारमा आएका सवै समुह उकालो लाग्दा सेयर बजारमा सकारात्मक प्रभाव परेको देखिन्छ । सो दिन बीमा समुहको परिसुचक सवैभन्दा बढी १ सय ७२ दशमलव ११ अंकले उकालो लागेको छ ।

त्यस्तै होटल समुह ७८ दशमलव २१ र सेयर बजारमा सवैभन्दा बढी प्रभाव रहेको बैंक समुहको परिसुचक २१ दशमलव ३८ अंकले बढेको छ । त्यसैगरी विकास बैंक, जलविद्युत,फाइनान्स,उत्पादन र अन्य समुह क्रमशः १६ दशमलव ३७, ११ दशमलव ८५, ११, ८ दशमलव ४६ र ६ दशमलव ९४ अंकले उकालो लागेको छ ।

मंगलवार नेपाल बंगलादेश बैंकको सवैभन्दा बढी ७ करोड ३३ लाख कित्ता सेयर कारोवार भएको छ । सो दिन १ सय ४३ कम्पनी कारोवारमा आएका थिए । ती कम्पनीको २० लाख ३८ हजार कित्ता सेयरबाट १ अर्व ६ करोडको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्