Logo

पुसको अन्तिम दिन ३१.६२ अंकले बढ्यो नेप्से, कारोबार साढे ५ अर्ब नजिक

पुसको अन्तिम दिन ३१.६२ अंकले बढ्यो नेप्से, कारोबार साढे ५ अर्ब नजिक



काठमाडौं । पुस महिनाको अन्तिम कारोबार दिन आइतबार सेयर बजार बढेको छ । पुस २९ गते सेयर बजार मापक नेप्से सूचक ३१.६२ अंकले बढेर २१२०.६२ बिन्दुमा पुगेर बन्द भएको छ । यस अघिको कारोबार दिन गत बिहीबार ०.६२ अंकले घटेर २०८८.९९ बिन्दुमा पुगेको थियो ।

यसैगरी, गत हप्ताको बिहीबारको तुलनामा सेयर कारोबार रकम पनि उकालो लागेको छ । आइतबार ५ अर्ब ४५ करोड ४ लाख २१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । गत बिहीबार ४ अर्ब ३० करोड ७७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

आइतबार १३ मध्ये ११ उपसमूहको सूचक बढेको छ । हाइड्रोपावर समूहमा सबैभन्दा धेरै बढेको छ । आज ३ सय १४ कम्पनीको १ करोड ६६ लाख ५ हजार २ सय ३४ कित्ता सेयर ९४ हजार ५ सय २६ पटक किनबेच भएको छ ।

कारोबारमा आएको २ सय ११ कम्पनीको सेयर मूल्य बढेको छ । उक्त कम्पनीमध्ये ११ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबारमा आएको ३३ कम्पनीको सेयर मूल्य घटेको छ । बाँकी ३ कम्पनीको सेयर मूल्य यथावत रहेको छ ।

आज ३५ करोड ६८ लाखरुपैयाँसहित कारोबार रकममा नेपाल पुनर्बिमा कम्पनीको संस्थापक सेयर अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सोना मिनरल्स एन्ड आयल र हाथवे इन्भेष्टमेन्ट परेका छन् ।

प्रतिक्रिया दिनुहोस्