Logo

सेयर बजारमा करेक्सन, कारोबार रकम पनि घट्यो

सेयर बजारमा करेक्सन, कारोबार रकम पनि घट्यो



काठमाडौं । सातको अन्तिम कारोबार दिन सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । अघिल्लो ३ कारोबार तगालार बढेको सेयर बजार बिहीबार घटेको हो । सोमबार मंगलबार र बुधबार सेयर बजार बढेको थियो । यस हप्ताको आइतबार भने सेयर बजार घटेको थियो ।

बिहीबार सेयर बजार मापक नेप्से पसिूचक ०.६२ अंकले घटेर २०८८.९९ बिन्दुमा आइपुगेको छ । यसभन्दा अघिको कारोबार दिन बुधबार सेयर बजार ९.५० अंकले बढेर २०८९.६२ बिन्दुमा पुगेको थियो । सोमबार र मंगलबार सेयर बजार क्रमशः ३६.५७ अंक र २०.२९ अंकले बढेको थियो ।

यसैगरी, अघिल्लो दिनको तुलनामा सेयर कारोबार रकम पनि घटेको छ । नेपाल स्टक एक्स चेन्जका अनुसार बिहीबार ४ अर्ब ३० करोड ७७ लाख ६३ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बुधबार ५ अर्ब १३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । यसैगरी, गत सोमबार ४ अर्ब ६७ करोड रुपैयाँ र मंगलबार ६ अर्ब ११ करोड ८३ लाख १७ हजार ८६६ रुपैयाँको कारोबार भएको थियो ।

बिहीबार ३ सय ७ कम्पनीको २ करोड २१ लाख ३२ हजार ७ सय ६८ कित्ता सेयर ७८ हजार ३ सय ८९ पटक किनबेच भएको छ । कारोबारमा आएको १ सय २१ कम्पनीको सेयर मूल्य बढेको छ । कारोबारमा आएको ८ कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा बढेको नेप्सेले जानकारी दिएको छ ।

यसैगरी, कारोबारमा आएको १ सय १७ कम्पनीको सेयर मूल्य घटेको छ । बाँकी ९ कम्पनीको सेयर मूल्य भने यथावत रहेको छ । आज सबैभन्दा धेरै हिमालयन बैंकको संस्थापक सेयर खरिद बिक्री भएको छ । यस बैंकको १५ लाख ९० हजार ५० कित्ता सेयर १३४.९० रुपैयाँमा किनबेच भएको छ । यस बैंकको २३ करोड ८५ लाख ७ हजार २२ रुपैयाँ बराबरको संस्थापक सेयर बिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्