Logo

सुबिसु क्यान कमटेक भदौ २३ देखि, ९० प्रतिशत स्टल बुकिङ

सुबिसु क्यान कमटेक भदौ २३ देखि, ९० प्रतिशत स्टल बुकिङ


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । क्यान महासंघले आगामी भदौ २३ देखि क्यान कमटेक ( इन्फरमेसन, कम्युनिकेशन र टेक्नोलोजी प्रदर्शनी) २०१६ आयोजना गर्ने भएको छ । प्रदर्शनीमा ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशन, इलेक्ट्रोनिक सेक्युरिटी,हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्लगायतका स्टल रहने महासंघका महासचिक विश्वराम बलामीले जानकारी दिए ।

त्यस्तै पावर सोलुसन्स्, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, आई सी.टी कलेजहरुले समेत सहभागी हुने बताइएको छ ।  प्रदर्शनीमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय कम्पनीहरुको सहभागीता रहने छ । सुबिसु क्यान कमटेक २०१६ इन एसोसिएसन विथ सामसुङमा जम्मा ८१ वटा स्टलहरु रहनेछन् । हाल सम्म ९० प्रतिशत स्टल निश्चित भईसकेको बताइएको छ ।

प्रदर्शनीमा सेक्यूरिटी सोलुशन्स कम्पनीहरुका लागि छुट्टै पेभिलियनको व्यवस्था गरिएको । त्यस्तै यस संस्करणको प्रदर्शनीमा विशेष गरी ब्रोडब्याण्ड ईन्टरनेट र कम्प्युनिकेशन टेक्नोलोजीलाई जोड दिएको वलामीले जानकारी दिए । जस अन्तर्गत ब्रोडब्याण्ड ईन्टरनेट सेवामा विशेष सहुलियतसहित हाइ स्पिड इन्टरनेट प्रमुख आकर्षण बन्ने छन् ।

प्रदर्शनीमा सर्वसाधारणलाई प्रवेश शुल्क रु ५०र विद्यार्थीहरुलाई रु २५ तोकिएको छ । त्यस्तै कलेज तथा स्कुलका विद्यार्थीहरु सम्बन्धित कलेज तथा स्कुलको पत्र सहित आएमा टिकट दरमा विशेष छुट प्रदान गरिने छ । प्रदर्शनीको १ लाख ५० हजार अवलोकनकर्ताले अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।

क्यान कमटेक २०१६ को टाइटल स्पोन्सर सुबिसु केवलनेट प्रालि र एशोसिएट स्पोन्सरको रुपमा सामसुङ रहेको छ । त्यस्तै प्लाटिनम स्पोन्सरमा वेबसर्फर, सिल्भर स्पोन्सरमा स्टार अफिस ईन्टरनेशनल र नेटिस छ भने प्रिन्ट स्पोन्सरमा स्प्यारो एसएमएस रहेको महासंघले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्