Logo

सेयर बजारमा वृद्धि कायमै, साढे नौ अंकले बढेको बजारमा कारोबार ५ अर्ब १३ करोडको

सेयर बजारमा वृद्धि कायमै, साढे नौ अंकले बढेको बजारमा कारोबार ५ अर्ब १३ करोडको



काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार सामान्य बढेर बन्द भएको छ । बुधबार सेयर बजार मापक नेप्से सूचक ९.५० अंकले बढेर २०८९.६२ बिन्दुमा पुगेको छ ।

आज बजार समग्रमा ०.४५ प्रतिशतले बढेको छ । अघिल्ला दुई कारोबार पनि सेयर बजार बढेको थियो । मंगलबार २०.२९ अंकले बढेर २०७९.७९ बिन्दुमा पुगेको थियो ।

मंगलबारको तुलनामा बुधबार सेयर कारोबार रकम भने घटेको छ । बुधबार सेयर बजारमा ५ अर्ब १३ करोड ४८ लाख ४८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । मंगलबार ६ अर्ब ११ करोड ८३ लाख १७ हजार ८६६ रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

बुधबार ३ सय १ कम्पनीको १ करोड ३४ लाख ७७ हजार ९ सय ४६ कित्ता सेयर ९२ हजार ६ सय २ पटक किनबेच भएको छ । आज कारोबारमा आएका १ सय १८ कम्पनीको सेयर मूल्य बढेका छन । उक्त कम्पनी मध्ये ५ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

यसैगरी, कारोबारमा आएको १ सय १८ वटा नै कम्पनीको सेयर मूल्य घटेको छ । यसैगरी, ११ कम्पनीको सेयर मूल्यभने यथावत रहेको छ । आज कारोबारमा आएको १३ उपसमूह मध्ये ६ उपसमूहको सेयर मूल्य बढेको छ । बाँकी ७ उपसमूहको सेयर मूल्य घटेको छ ।

आज ३२ करोड ७८ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा सोना मिनरल्स एन्ड आयल लिमिटेड अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः रिलायबल नेपाल लाइफ इन्सुरेन्स र ङादी ग्रुप पावर परेका छन् ।

प्रतिक्रिया दिनुहोस्