Logo

आइतबार पनि ४१ अंकले घट्यो नेप्से, राम्रो प्रतिफल आउँदा किन ओरालो लाग्दैछ बजार ?

आइतबार पनि ४१ अंकले घट्यो नेप्से, राम्रो प्रतिफल आउँदा किन ओरालो लाग्दैछ बजार ?


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । साताको पहिलो दिन नेप्स परिसुचक उच्च रुपमा घटेको छ । बजार खुलेदेखि ओरालो लागेको नेप्से परिसुचक अन्तमा ४० दशमलव ९४ अंकले ओरालो लागेको छ । १ हजार ७ सय ७४ बाट घट्न शुरु गरेको नेप्से परिसुचक अन्तमा १ हजार ७ सय ३४ अंकमा झरेर अडिएको छ ।

आइतबार सबै समुहका परिसुचक ओरालो लागेका छन् । जसमध्ये सवैभन्दा बढी बीमा समुहको परिसुचक २ सय ३३ अंकले घटेको छ भने होटल समुह पनि १ सय ७ अंकले ओरालो लाग्न पुगेको छ । यसैगरी बजारमा प्रभाव पार्ने बैंकिङ समुहको परिसुचक ३६ दशमलव ७२ अंकले ओरालो लागेको छ भने विकास बैंक समुह ४५ दशमलव ५ अंकले घटेको छ । विशेषगरी बैंक तथा वित्त समुहको परिसुचक ओरालो लाग्दा समग्र नेप्से परिसुचक उच्च रुपमा घट्दै आएको छ ।

बजारमा जलविद्यूत समुह ६४ अंकले ओरालो लागेको छ भने फाइनान्स समुह १७ अंकले घट्न् पुगेको छ । दिनभर कुल १ सय ४० कम्पनीको सेयर कारोवार भएको छ । ती कम्पनीको १ अर्ब १४ करोड रुपैयाँ बरावरको २१ लाख ८१ हजार कित्ता सेयर खरिदविक्री भएको छ । आइतबार सवैभन्दा नेपाल बंगलादेश बैंकको ७ करोड ३९ लाख रुपैयाँ बरावरको सेयर सेयर खरिदविक्री भएको देखिन्छ । अन्य कम्पनीको कारोवार भने साढे ४ करोड रुपैयाँभन्दा तल नै रहेको छ ।

लगानीकर्तामा एक किसिमको त्रास फैलिएकाले बजार दैनिक जसो तलमाथी भइरहेको नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष डा. आत्माराम घिमिरे बताउँछन् । ‘पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले राम्रो प्रतिफल त पस्किरहेका छन् तर त्यो पाउनका लागि ८÷९ महिना कुर्नुपर्छ,’ उनले भने, ‘नेपालको सेयरबजार अहिले नै उच्चतम विन्दुमा पुगेकाले बोनस नकुरी बेच्नेक्रम बढेको हो ।’

यसैगरी, बजारमा स्रोत नखुलेको रकम (कालोधन)को वारेमा हल्ला चलेकाले पनि बजार ओरालो लाग्ने क्रम नरोकिएको एक लगानीकर्ताले बताए । ‘नेपाल सेयर मार्केटमा सरकारी कर्मचारीहरुको लगानी पनि थुप्रै छ,’ उनले भने, ‘सरकारले कर्मचारीले स्रोत खुलाउने पर्ने भएकाले पनि पछिल्लो समय बजारबाट वाहिरीरहेका छन् ।’ जसको असर समग्र बजारमा पर्न गएको हो ।

सेयर बजारमा कालोधनको प्रभाव, क्यासिनोको बाटोमा नेप्से, १० लाखभन्दा तलको कारोवार बढ्यो

प्रतिक्रिया दिनुहोस्
MBL