Logo

दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार पाँच अर्ब माथि

दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार पाँच अर्ब माथि



काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ । आइतबार सेयर बजार मापक नेप्से सूचक २६.३६ अंकले घटेर २०२१.४१ बिन्दुमा झरेको छ । आइतबार समग्र सेयर बजार १.२८ प्रतिशतले घटेको छ ।

आइतबार सेयर बजार घटेको भएतापनि कारोबार रकम भने उत्साहजनक रहेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आइतबार ५ अर्ब २४ करोड १४ लाख ८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

आइतबार ३ सय ४ कम्पनीको १ करोड ४५ लाख ७१ हजार १ सय ७९ कित्ता सेयर ९४ हजार ४ सय ४२ पटक किनबेच भएको छ । कारोबारमा आएको ७१ कम्पनीको सेयर मूल्य बढेको छ । जसमध्ये ४ कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा बढेको छ ।

यसैगरी, कारोबारमा आएको १ सय १७ कम्पनीको सेयर मूल्य घटेको छ भने, बाकी ३ कम्पनीको सेयर मूलय यथावत रहेको छ । आज कारोबामा आएको १३ उपसमूह मध्ये १ उपसमूहको मात्र सेयर मूल्य बढेको छ । बाँकी १२ उपसमूहको सेयर मूल्य घटेको छ । आज सबैभन्दा धेरै लगानी उपसमूहको सेयर मूल्य घटेको छ ।

आइतबार पनि २८ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा सोना मिनरल्स एन्ड आयल लिमिटेड अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः हाथवे इन्भेष्टमेन्ट र माउन्टेन इनर्जी नेपाल परेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL