Logo

सन सेक्युरिटिजको सेयर बजार सम्बन्धी तालिम सम्पन्न, ६० लगानीकर्ता लाभान्वित

सन सेक्युरिटिजको सेयर बजार सम्बन्धी तालिम सम्पन्न, ६० लगानीकर्ता लाभान्वित



काठमाडौं । सन सेक्युरिटिजले सेयर बजार सम्बन्धी सचेतना तथा तालिम कार्यक्रम सञ्चालन गरेको छ । कम्नपीले सञ्चालन गरेको सचेतना तथा तालिम कार्यक्रम विहान १०ः३० बजे देखि १ बजे सम्म र दिउँसो २ बजेदेखि ४ बजे गरेर २ वटा सेसनमा आयोजना गरिएको थियो ।

दुवै सेसनमा गरेर कुल ६० जना लगानीकर्ताहरुले सेयर बजारको आधारभूत पक्ष, नेपालको सेयर बजार, कम्पनी विश्लेषण, पोर्टफोलियो व्यवस्थापन तथा प्राविधिक विश्लेषण बारेमा तालिम लिएका हुन् । यस्तै लगानीकर्ताहरुसँग रहेका सेयर बजार सँग सम्बन्धित विभिन्न समस्या तथा तिनको समाधानका विषयमा अन्तरक्रिया भएको थियो ।

तालिम कार्यक्रम सन सेक्युरिटजमा आयोजना गरिएको थियो । सो कार्यक्रममा सन सेक्युरिटिजका तर्फबाट कार्यकारी अध्यक्ष कृष्ण गिरीका साथै प्राविधिक विश्लेषक शुशिल भट्टराई तथा रबि बुढाथोकीले तालिम प्रदान गरेका थिए भने यसको संयोजन सैयम बज्राचार्यले गरेका थिए ।

तालिम कार्यक्रमको सम्बन्धमा बोल्दै सन सेक्युरिटिजका कार्यकारी अध्यक्ष कृष्ण गिरीले नियमित रुपमा प्रत्येक शुक्रबार सन सेक्युरिटिजको कार्यालयमा यस्तै किसिमका लगानीकर्तालाई उपयोगी विषयवस्तु सहितको तालिम कार्यक्रम सञ्चालन गरिने बताए ।

यसै गरी सन सेक्युरिटिज प्रा.लि.को आयोजनामा स्किम्स कलेज, बालकुमारी मा समेत सेयर बजार सम्बन्धमा आधारभुत विषयहरु सहितको १ दिने सचेतना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा स्किम्स कलेजका ५० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । तालिम कार्यक्रमको समापनमा बोल्दै सन सेक्युरिटिज प्रा.लि.ले आगामी दिनमा अन्य कलेजमा समेत यस्ता कार्यक्रमहरुलाई नियमित रुपमा आयोजना गर्दै जाने सो तालिम कार्यक्रमका संयोजक सैयम बज्राचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL