Logo

केएल टावरमा शुक्रबारदेखि कार्निभल शुरु, सामान खरिदमा ५० प्रतिशतसम्म छुट

केएल टावरमा शुक्रबारदेखि कार्निभल शुरु, सामान खरिदमा ५० प्रतिशतसम्म छुट


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नजिकिदै गरेको चाडपर्वलाई लक्षित गर्दै चाबहिलस्थित केएल टावरले कार्निभल इभेन्ट संचालन गर्ने भएको छ । टावरले शुक्रबारदेखि कार्निभल इभेन्ट संचालन गर्न लागेको हो ।

मलले चाडपर्वमा उपभोक्तालाई सुपथ मूल्यमा वस्तु तथा सेवा उपलब्ध गराउने लक्ष्यसहित साउन २८ गतेदेखि बाट भदौ २५ सम्म कार्निभल आयोजना गरेको हो।

उक्त अवधिमा ग्राहकले ५० प्रतिशतसम्म छुटमा सामान किन्न सक्ने बताइएको छ । मलमा लत्ताकपडा, जुत्ता, चप्पल, घडी, ब्याग, कस्मेटिकलगायत सामानमा ५० प्रतिशतसम्म छुट दिइने तथा विभिन्न आर्कषक उपहार जित्न सकिने छ । कार्निभल अवधिभर केएल टावरमा विभिन्न आकर्षक कार्यक्रम आयोजना हुनेछन् ।

कार्निभल एक महिना चल्ने बताइएको छ । एक महिना चल्ने कार्निभलमा विभिन्न सांगीतिक कार्यक्रम, फेशन सो, गेम सो, फ्रि नेल आर्ट तथा निःशुल्क फेस पेण्टिङलगायतका कार्यक्रम संचालन हुने छ ।

प्रतिक्रिया दिनुहोस्