Logo

माइक्रोम्याक्स क्यू ४६५ फोन बजारमा, मूल्य १६ हजार २ सय

माइक्रोम्याक्स क्यू ४६५ फोन बजारमा, मूल्य १६ हजार २ सय


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । माइक्रोम्याक्सको क्यु ४६५ क्याभास युनिट फो प्रो नेपाली बजारमा भित्रिएको छ । यो १ दशमलव ३ गिगाहर्जको क्वाड कोर प्रोसेसरबाट सञ्चालित छ ।

यसमा १६ विजी रोम, ५ दशमलव १ इन्चको एचडी डिस्प्ले, ३९ सय एकएचएको व्याट्रि लगायत सुविधा छन् । त्यस्तै ८ मेगापिक्सलको व्याक र ५ मेगापिकसलको क्यामेरा छन् ।

यो स्मार्टफोन एन्ड्रोयडको ललीपप ५.१ अपरेटिंग सिस्टममा आधारित रहेको छ । डुअल र हाइव्रिड सिम स्लट भएको यो फोनले थ्रीजी तथा फोरजी सपोर्ट गर्छ । त्यस्तै कनेक्टिभिटीका लागि यसमा वाईफाई, ब्लूटूथ लगायतका सुविधा पनि छन् ।

माइक्रोम्याक्सको यो स्मार्टफोनको अर्को विशेषता भनेको यसको पछाडिको भागमा रहेको फिंगरप्रिन्ट सेन्सर हो । त्यसैगरी माइक्रोम्याक्स क्यानभास यूनाइट फोर प्रो स्मार्टफोनको खरिदमा प्रत्येक ग्राहकले एंकर ब्राण्डको ३३५० एमएएचको पावर ब्यांक निःशुल्क प्राप्त सकिने बताइएको छ ।

यो फोनको बजार मूल्य १६ हजार २ सय ३६ रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्