Logo

केटीएम सिटीको नयाँ वर्ष अफर, २९० रुपैयाँमैे जाडो मौसमको स्टाइलिस्ट लुगा

केटीएम सिटीको नयाँ वर्ष अफर, २९० रुपैयाँमैे जाडो मौसमको स्टाइलिस्ट लुगा



काठमाडौं । अंग्रेजी नयाँ वर्षलाई लक्षित गर्दै केटीएम सिटीले नयाँ अफर बजारमा ल्याएको छ । नेपाली अपेरियल ब्राण्ड केटीएम सिटीको नयाँ अफरमा २९० रुपैयाँमा ग्राहकले जाडो मौसमको स्टाइलिस्ट लुगा प्राप्त गर्न सक्नेछन् ।

जाडो मौसमका लुगा अहिलेसम्मकै सस्तो मुल्यमा प्राप्त गर्न सकिने केटीएम सिटीले जनाएको छ । क्यालेन्डरको नयाँ पाना पल्टिएसँगै केटीएम सिटीले बेजोड अफरको साथमा नयाँ वर्षको सुरुवात गरेको हो । जाडो मौसमको आफुलाई मन पर्ने लुगा सर्वसुलभ मुल्यमा लिन सकिने कम्पनीले जनाएको छ ।

ग्राहकले सुलभ मुल्यमा आफुलाई जाडोबाट बचाउन सक्ने र आफ्ना प्रियजनलाई उपहार दिन सक्नेछन् । केटीएम सिटीले क्रिसमसको उपलक्ष्यमा अनलाइन अर्डरमा १० प्रतिशत छुटको अफर कायम छ । यो अफर नयाँ वर्षको पहिलो दिन जनवरी एक सम्मका लागि रहनेछ ।

नयाँ वर्षमा ‘स्टाइल’ र बचत सहित वर्षको सुरुवात गर्न र यो अविश्वसनीय अफरको अधिकतम लाभ उठाउन कम्पनीले ग्राहकवर्गमा अपिल गरेको छ । ‘यो समय किनमेल गर्ने, बचत गर्ने र सही अर्थमा नयाँ वर्षलाई स्वागत गर्ने समय हो ।’ केटीएम सिटीले भनेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL