काठमाडौं । नेपालका लागि हुन्डाइ गाडीको अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले विर्तामोडमा नयाँ थ्रीएस सेन्टर स्थापना गरेको छ । कम्पनीले न्यु अटो प्लाजा कन्सर्न प्रालिसंगको सहकार्यमा विर्तामोडमा सेन्टर स्थापना गरेको हो ।
सो थ्रीएस सेन्टरमा अत्याधुनिक मर्मत सेवा तथा जेनुयिन स्पेर पार्टस् खरिद सेवा एकै छाना मुनि प्राप्त गर्न सक्ने छन् । अन्तर्राष्ट्रिय स्तरको यस शोरुममा एकैचोटि ५–६ वटा हुन्डाई व्रान्डका विभिन्न मोडेलका गाडी अटाउन सक्ने बताइएको छ । त्यस्तै ग्राहकको सुविधाका लागि लाउन्ज, परामर्श कोठा तथा तालीम प्राप्त बिक्री परामर्शदाताहरूको व्यवस्था गरिएको छ ।
ग्राहकलाई बिक्रीपछि गुणस्तरीय मर्मतसम्भार सेवा उपलब्ध गराउने उद्देश्यका साथ निर्मीत अत्याधुनिक सर्भिस सेन्टरमा तालिमप्राप्त दक्ष जनशक्तिकोे व्यवस्था गरिएको बताइएको छ ।
एयरकन्डिसन तथा वाईफाई युक्त ग्राहक आराम कक्ष, पर्याप्त पार्किङको व्यवस्था तथा मासिक ४ सय ५० गाडि मर्मत तथा सर्भिस गर्ने क्षमता सर्भिस सेन्टरमा छ । लक्ष्मी इन्टरकन्टिनेन्टलले सन् २००९ फेबु्रअरी देखि नेपालमा हुन्डे ब्रान्डका सवारी साधन आयात र बिक्री गर्दै आएको हो ।