Logo

नेप्से परिसूचक र कारोवार रकम दुबै ओरालो, कसले किन्यो नेपाल बैंकको १३ करोडको सेयर?

नेप्से परिसूचक र कारोवार रकम दुबै ओरालो, कसले किन्यो नेपाल बैंकको १३ करोडको सेयर?


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बिहीवार नेप्से परिसुचक ४ दशमलव ७० अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १ हजार ७ सय ७४ दशमलव ८७ अंकमा झरेर बजार बन्द भएको हो ।

बिहीवार अधिकांश समुह ओरालो लाग्दा सेयर बजारमा नकारात्मक प्रभाव परेको हो । सो दिन बीमा समुहको परिसुचक सवैभन्दा बढी ६२ दशमलव ३९ अंकले ओरालो लागेको हो । त्यस्तै जलविद्युत १३, उत्पादन ६ दशमलव२८ र सेयर बजारमा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचक ४ दशमलव ५५ अंकले ओरालो लागेको छ ।

त्यसैगरी फाइनान्स र अन्य समुहको परिसुचक क्रमशः १ दशमलव ४८ र १ दशमलव १५ अंकले ओरालो लागेको छ । यता होटल र विकास बैंक समुह भने १३ दशमलव २५ र ३ दशमलव १९ अंकले बढेको छ ।

साताको कारोवार हुने अन्तिम दिन नेपाल बैंकको १३ करोडको सेयर किनबेच भएको छ । सो दिन १ सय ४७ कम्पनी कारोवारमा आएका थिए । ती कम्पनीको ३५ लाख ४४ हजार कित्ता सेयरबाट १ अर्व ३१ करोड ८६ लाखको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्