Logo

हिमालयन डिष्टिलरीको सिल्भर ओक बजारमा, ग्रेन ईएनए ब्लेन्डबाट उत्पादन

हिमालयन डिष्टिलरीको सिल्भर ओक बजारमा, ग्रेन ईएनए ब्लेन्डबाट उत्पादन



काठमाडौं । नेपाली मदिरा उद्योग मध्येको एक अग्रणी कम्पनी हिमालयन डिष्टिलरी लिमिटेडले ओक सिरिजलाई विस्तारित रूपमा बजारमा परिचित गराउने क्रममा मार्केटमा सिल्भर ओक नामक ह्वाइट स्पिरिटमा नयाँ ब्रान्डको मदिरा लन्च गरेको छ । यस नयाँ उत्पादनले नवीनता र ग्राहक सन्तुष्टिप्रतिको कम्पनीको प्रतिबद्धता झल्काउनेछ ।

हिमालयन डिस्टिलरीले गोल्डेन ओक, ब्ल्याक ओक र ब्लु ओक जस्ता चर्चित ब्रान्डहरू यस अघि नै नेपाली बजारमा ल्याएको छ । प्रत्येक ओक ब्रान्डले उपभोक्ताको फरक स्वादप्रतिको रुचीको प्रतिनिधित्व गर्दछन्, जुन उपभोक्ताहरू माझ लोकप्रिय रहेका छन् । यस नयाँ उत्पादन सिल्भर ओकले उपभोक्ता माझ फरक स्वाद र अनुभव प्रदान गर्ने विश्वास लिएको छ ।

हिमालयन डिस्टिलरीका सीईओ निरज सुवेदीले एचडीएले उपभोक्ता केन्द्रित इनोवेशनमा मजबुतीका साथ कार्य गर्ने गरेको जसका कारण हामीले बजारको गतिशीलता बुझ्न र नयाँ अन्तर्दृष्टि प्राप्त गर्ने तर्फ निरन्तर अनुसन्धानमा संलग्न रहेको बताए । सिल्भर ओकले उपभोक्तालाई अलगै वर्गको छुट्टै स्वाद प्रदान गर्नुको साथै बजारमा हाम्रो उपस्थितिलाई उल्लेखनीय रूपमा बढोत्तरी हुने तर्फ हामी आश्वस्त रहेका उनले बताए ।

उनले भने, “हामी उपभोक्ताहरूलाई नयाँ अनुभव दिन चाहन्छौँ, त्यसैले हामीले ओक परिवारमा ध्यान केन्द्रित गरेका छौँ र ब्रान्ड विस्तार गरेका छौँ । उच्चस्तरको शुद्धता प्राप्तिका लागि टुवेल–कोलम डिस्टिलेसनबाट उत्पादित ग्रेन ईएनए ब्लेन्डबाट सिल्भर ओक उत्पादन गरिएको छ ।”

प्रतिक्रिया दिनुहोस्
MBL