Logo

बोर्ड अध्यक्ष हमालप्रति लेखा समितिको खेद प्रकट, हदैसम्मको गैर जिम्मेवार भएको आरोप

बोर्ड अध्यक्ष हमालप्रति लेखा समितिको खेद प्रकट, हदैसम्मको गैर जिम्मेवार भएको आरोप



काठमाडौं । संसदको सार्वजनिक लेखा समितिमा नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्ष रमेश हमालप्रति खेद प्रकट गरेको छ । सेबोन अध्यक्ष विना जानकारी कुनै सुचना नदिई बैठकमा उपस्थित नभएको भन्दै खेद प्रकट गर्दै समितिले बैठक शुरू गरेको हो ।
‘अध्यक्ष हमाल विना जानकारी उपस्थित नहुनु यो समिति र आम नागरिकप्रतिको गैर जिम्मेवारी भएको हाम्रो ठहर ’, समितिका सभापति ऋषीकेश पोखरेलले भने ।

समितिले सेबोन अध्यक्ष हमालले प्रिमियम मूल्यमा आईपीओ जारी गर्न दिएर आर्थिक चलखेल गरेको बिषयमा आजको बैठक बोलाएको थियो । तर, कुनै जानकारी नै नदिई मुख्य जवाफदेहीका रुपमा रहेका हमाल नै बैठकमा अनुपस्थित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL