Logo

हिमालयन रि इन्स्योरेन्सको आईपीओ बाँडफाँट, आवेदक सबैले पाए सेयर, यसरी हेर्न सकिन्छ नतिजा

हिमालयन रि इन्स्योरेन्सको आईपीओ बाँडफाँट, आवेदक सबैले पाए सेयर, यसरी हेर्न सकिन्छ नतिजा



काठमाडौं । हिमालयन रि इन्स्योरेन्सको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको विक्री प्रवन्धक एनएमबी क्यापिटलले बुधबार आइपीओ बाँडफाँट गरेको हो । १५ लाख ६४ हजार ५६४ आवेदकलाई आईपीओ बाँडफाँट गरिएको हो। १५ लाख ७३ हजार २१९ वटा आवेदन परेकामा ८ हजार ६५५ आवेदन रद्द भएको छ ।

१० देखि ३० कित्तासम्मका लागि आवेदन दिनेले माग अनुसार सेयर पाएका छन्। यसरी बाँडफाँट गर्दा बाँकी रहेको २ लाख ९० हजार २१० कित्ता सेयर ३० कित्ताभन्दा बढी आवेदन दिने लगानीकर्तालाई गोलाप्रथाबाट बाँडफाँट गरिएको छ।
कम्पनीले मंसिर २७ गते प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी २०६ रुपैयाँका दरले सर्वसाधारणका लागि २ करोड ४९ लाख कित्ता सेयर निष्काशन गरेको थियो।

कम्पनीकाे अाइपीअाे परे नपरेकाे बिक्रि प्रबन्धक एनएमबि क्यापिटलको वेबसाइट https://www.nmbcl.com.np/ मार्फत हेर्न सकिन्छ । यस्तै सिडीएससीको मेरो सेयरको वेबसाइट meroshare.cdsc.com.np/#/login सिडीएससीले आइपीओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/ बाट पनि नतिजा हेर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्