Logo

बजार १९ अंकले बढ्दा २ अर्वको कारोवार, कसले किन्यो नेपाल बंगलादेश र सिद्धार्थ बैंकको सेयर ?

बजार १९ अंकले बढ्दा २ अर्वको कारोवार, कसले किन्यो नेपाल बंगलादेश र सिद्धार्थ बैंकको सेयर ?


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । अघिल्लो दिन सवा घण्टामा ५ अंकले बढेर बन्द भएको सेयर कारोवार बुधवार नेप्से परिसुचक १९ दशमलव १५ अंकले उकालो लागेको छ । धितोपत्र बोर्डले सेयर बजारमार्फत भित्रिने कालोधनको छानविन गर्न गठित समिति खारेजगरेसँगै सेयर बजार पस्न उकालो लाग्न थालेको हो ।

सो दिन सेयर बजार १ हजार ७ सय ७९ दशमलव ५७ अंकमा पुगेर बन्द भएको छ ।

बुधवार बीमा समुहको परिसुचक सवैभन्दा बढी १ सय ८० दशमलव ४७ अंकले उकालो लागेको छ । त्यस्तै उत्पादन समुह ५८ दशमलव ९२, विकास बैंक ३२ दशमलव ०९ र सेयरबजारमा सवैभन्दा बढी प्रभाव रहेको बैंक समुहको परिसुचक १४ दशमलव ९३ अंकले उकालो लागेको छ । त्यस्तै फाइनान्स र अन्य समुहको परिसुचक क्रमशः १२ दशमलव १७ र ५ दशमलव २ अंकले बढेको छ ।

यता होटल र जलविद्युत समुहको परिसुचक भने क्रमशः ३६ दशमलव १७ र २८ दशमलव ९१ अंकले ओरालो लागेको छ । बुधवार नेपाल बंगलादेश बैंकको सवैभन्दा बढी १५ करोड १८ लाखबराबरको सेयर कारोवार भएको छ । विशेषगरी १४ र १६ नम्बरको व्रोकरबाट एनकिबो सेयर खरिद विक्री भएको छ ।  त्यस्तै सिद्धार्थ बैंक लिमिटेडको ११ करोड १५ लाखको कारोवार भएको छ ।

बुधवार १ सय ४६ कम्पनी कारोवारमा आएका थिए । ती कम्पनीको ३५लाख ८१ हजार कित्ता सेयरबाट २ अर्व २ करोड ८७ लाखको कारोवार भएको छ । बुधवार सिस्टममा समस्या आउँदा १५ मिनेट कारोवार थप गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्