काठमाडौं । नेपाली बजारमा होण्डाको बीआरभी एसयुभी कार भित्रिएको छ । होण्डा गाडीको लागि नेपालको आधिकारीक विक्रेता स्याकार ट्रेडिङले मंगलबार एक कार्यक्रमबीच उक्त गाडी नेपाली बजारमा सार्वजनिक गरेको हो । ७ सीट भएको एसयुभीवीआर भीमा २ सय १० एमएमको उत्तम क्लासको ग्राउन्ड क्लियरेन्स छ । सो लेभवलको गाडी नेपाली बजारमै होण्डाले पहिलो पटक भित्र्याएको स्याकार ट्रेडिङका अध्यक्ष शौरभ ज्योतिले बताए ।
पछिल्लो समय नेपाली जारमा सो रेञ्जको एसयुभी गाडी वार्षिक १ हजार २ सय वटा विक्री भइरहेको र त्यसको १० प्रतिशत बजार हिस्सा बीआरभीले लिने ज्योतिको दावी छ । सो सेग्मेन्टमा पहिलो पटक होण्डाले ७ सिट क्षमता सहित विभिन्न विशेषता भएको यो गाडी बजारमा ल्याएकाले पनि उक्त गाडी प्रति ग्राहकको आकर्षण बढ्ने उनले जानकारी दिए । गाडीमा १६ भेल्भ ४ सिलिन्डर १ दशमलव ५ लिटरको आइ भीटिइसी इन्जिन छ ।
जसमा नयाँ र विशेष रुपमा विकसित ६ स्पिड म्यानुअल ट्रान्समिसन र फस्र्ट—इन—क्लास कन्टिन्युअस्ली भेराइबल ट्रान्समिसनरहेको छ । यसको सिभिटी भेरियन्टमा रहेको खास पेडल सिफ्ट अप्सनले अटोमेटिकको सुविधा साथै म्यानुअलको परिष्कृत ड्राइभिङ आनन्द दिन्छ भने यसलाई स्टेरिङ स्पोकको पछाडि रहेको स्पोर्टस् कारबाट उत्प्रेरित भएको पेडल स्विचबाट पनि चलाउन सकिन्छ ।
बिआरभीका भेरियन्टहरुमा भेरियन्टहरुमा स्टान्डर्ड अफरिंग डुअल एसआरएस एयर व्यालगायत विशेषत छन् । होन्डा विआरभीको एक्सेटियर डिजाइन निकै आकर्षक रहेको छ जसले प्रिमियम र बोल्डा तथा स्पोर्टी देखाउछ । अगाडिबाट बोल्ड र चौडा स्ट्यान्स दर्शाउने यसमा प्रोजेक्टर हेडल्याम्पस्, फ्रन्ट ग्रिल डिजाइन,एलइडी पोजिसन ल्याम्पस् हाईलाइटस्का रुपमा रहेका छन् ।
अत्याधुनिक इन्टेरियर सामाग्री जस्तै स्मार्ट एन्ट्री सहितको पुस बटन स्टार्ट, इन्टिग्रटेड ह्यान्डस् फ्रि टेलिफोन रहेको ब्लुटुथ अडियो सिस्टम र अडियोको लागि स्टेरिंग माउन्टेड कन्ट्रोल, अटोमेटिक एअर कन्डिसनरलगायत विशेषता यो गाडीमा छ ।
कम्पनीले विभिन्न ६ रङमा उक्त गाडी बजारमा उपलब्ध गराएको छ । जसको बजारमा मूल्य न्युनतम ३९ लाख ९९ हजार रुपैयाँदेखि ५३ लाख रुपैयाँ रहेको छ ।